मिमबहादुर परियारको कवितासंग्रह 'कर्नाली हाँस्दो छ' विमोचन
काठमाडौँ । कवि मिमबहादुर परियारको पहिलो कृति कवितासंग्रह 'कर्नाली हाँस्दो छ' सार्वजनिक गरिएको छ । सातै प्रदेशका जनप्रतिनिधिको उपस्थितिमा सबै सहभागी जनप्रतिनिधि नागरिक अगुवा, अभियानताले एकै साथ पुस्तक उठाएर साझा रुपमा विमोचन गरिएको छ ।
समता फाउन्डेसनको प्रकाशन समता बुक्सले कवितासंग्रह प्रकाशन गरेको हो । कवितासंग्रह भित्र ३५ प्रगतिशील धारका कविता समावेश गरिएको छ ।
कवि परियारका अनुसार 'कर्नाली हाँस्दो छ' दलितको आवाज हो ! कर्नालीको आवाज हो र विद्रोहीको आवाज हो । समग्रमा कर्नाली हाँस्दो छ, दलित आन्दोलनको एक हिस्सा पनि हो ।
कवितासंग्रहको शिर्ष कविताकै नामबाट संग्रहको नामकरण गरिएको छ । यस संग्रहभित्र जातीय छुवाछूत विरुद्ध लेखिएका कविता अधिकांश छन् भने केही कविता कर्नालीका पीडा सम्भावना र कालापहाड ,वैदेशिक रोजगारीका दुखलाई चित्रण गरिएको छ । केही कविताले कम्युनिस्ट आन्दोलनको विचलित पक्षलाई उजागर गरेको छ । केही कविताले पृतिसत्तामाथि धावा बोलेको छ ।
प्रस्तुत संग्रहमा समावेश कविताहरु रुकुम नरसंहार पछि लेखिएका हुन् । धेरै कविताहरुमा आक्रोश झल्किएको छ, पीडा पोखिएको छ । त्यसको साथसाथै चेतना , चेतावनीको सन्देश बोकेका छन् । कर्नाली हाँस्दो छ प्रेमिल भाव बोकेको कविता होईन । यसमा प्रकृति प्रेमको वर्णनन् पनि छैन ।
यसमा छन् त केवल दलितका पीडा,सपना,रहर र सामाजिक रुपान्तरणको मोह छ । 'कर्नाली हाँस्दो छ'का कविताहरु विभिन्न जातीय छुवाछूतका घटनाक्रममा लेखिएका हुन् । जस्तैः जातको आधारमा जब दीपा नेपाली , रुपा सुनारहरु भाडाका कोठाबाट निकालिन्छन् । तब देशमा जातवादीहरु 'तिमी कोटा छोड हामी कोठा दिन्छौं' भन्दै कोटा र कोठाको बहस चलिरहँदा , आरक्षण, खाली कोठा, लेखिएको हो ।
त्यस्तै नवराज विकको हत्याकाण्ड पछि आजको समाचार लेखिएको हो। फर्जी तमसुक र मिटर ब्याजिको समस्या समाजमा चलिरहँदा कालसिंह दमाईको तमसुक लेखिएको हो। प्रत्येक कविताका आफ्नै कथाव्यथा रहेको छ तर उदेश्य भने साझा छ । सामाजिक रुपान्तरणको सपना छ , रहर छ र विभेद रहित नेपालको चाहाना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने