कृषि विकास बैंकको ९ महिनाको नाफा १ अर्ब ४ करोड

काठमाडौँ । सरकारी स्वामित्वको कृषि विकास बैंकले चालू आर्थिक वर्षको ९ महिनामा १ अर्ब ४ करोड १० लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यद्यपि, यो अघिल्लो वर्ष तुलनामा ४५.३६ प्रतिशतले कम हो । आर्थिक वर्ष २०७८/७९ को चैत मसान्तसम्म बैंकले १ अर्ब ९० करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खराब कर्जा (एनपीएल) दर बढेसँगै नाफा प्रभावित हुन पुगेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा जम्मा २.३२ प्रतिशत रहेको बैंकको खराब कर्ताको दर अहिले बढेर ४.३५ प्रतिशत पुगेको छ । जसका कारण बैंकको इम्पेयरमेन्ट चार्ज (प्रोभिजनिङ) २ अर्ब ११ करोड ६६ लाख रुपैयाँ पुगेको छ । यस्तै समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा पनि ४८.१५ प्रतिशतले घटेर १ अर्ब ४४ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ । कृषि विकास बैंकको निक्षेप संकलन ५१.०४ प्रतिशतले घट्दा कर्जा लगानी भने २.५५ प्रतिशतले बढेको छ ।
जसका कारण चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा समेत ७९.६२ प्रतिशतले घटेर ५८ करोड ४३ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको यस्तो वितरणयोग्य नाफा २ अर्ब ८६ करोड ७८ लाख रुपैयाँ रहेको थियो । तेस्रो त्रैमाससम्ममा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ८.५६ रुपैयाँले घटेर ७.९ रुपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ २०१.४ रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भन्ने अभिव्यक्तिप्रति घिमिरेले मागे क्षमायाचना
-
होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशको नेतृत्वमा दामोदर नेपाल
-
अख्तियारसहित ५२ संवैधानिक नियुक्तिविरुद्धको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ हुँदै
-
पुलिस क्लबका बलरसामु निरीह बने गण्डकी प्रदेशका ब्याट्सम्यान
-
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
-
मध्यवर्ती क्षेत्रको पुनःसीमाङ्कन गर्न सरकारलाई संसदीय समितिको निर्देशन