जापानी सांसदको कार्यालयमा आक्रमण गर्ने चेतावनी

कियो । जापानको संसदीय अधिकारीहरूले एक धार्मिक सङ्गठनका एक सदस्यले आफ्नो कार्यालय मास्ने धम्कीसहितको इमेल सन्देश प्राप्त भएको बताएका छन् ।
अधिकारीहरूका अनुसार ती इमेलहरू बुधबार राति संसद्को माथिल्लो र तल्लो सदन दुवैको वेबसाइटमा पठाई शुक्रबार दिउँसो सांसदको कार्यालयमा बम विष्फोट हुने चेतावनी दिइएको थियो ।
जापानको सरकारी प्रसारक एनएचकेका अनुसार ती इमेलमा संसद् भवनबाट सडकको विपरीत दिशामा रहेको सांसदको कार्यालय भवनभित्र ठूलो सङ्ख्यामा अत्यधिक विष्फोटक बम र सरीन नर्भ ग्यासयुक्त उपकरण राखिएको उल्लेख गरिएको छ ।
धार्मिक सङ्गठनका सदस्यले इमेलमा स्थानीय समयअनुसार शुक्रबार दिउँसो १ः३४ बजेदेखि राजनीतिज्ञको सामूहिक हत्या गरिने पनि बताएका छन् ।
खतराका कारण उच्च सतर्कतामा रहेका सुरक्षाकर्मीले शङ्कास्पद वस्तु र प्याकेटको खोजी गरिरहेका छन्, तर अहिलेसम्म कुनै अप्रिय घटना फेला परेको छैन ।-(रासस/सिन्हवा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म