प्रकाण्डले भने–देशको अस्तित्व संकटमा छ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले देशको अस्तित्व संकटमा पर्न लागेको बताए ।
बिहीबार नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता विश्वकर्माले देश असाध्यै सङ्कटपूर्ण अवस्थामा रहेको बताए । उनले देशको अहिलेको जस्तो संकट विगतमा कहिल्यै नभएको बताए । उनले एमसीसी प्रोजेक्ट देशको विरुद्धमा केन्द्रित रहेको र भारतीयहरुले सीमाना मिचिरहेको भन्दै देशको स्वाधिनतामाथि नै प्रश्न उठेको बताए । उनले विश्वका शक्ति राष्ट्रहरुको संघर्ष दुस्मनीपूर्ण अवस्थामा पुगेको उल्लेख गरे । प्रवक्ता विश्वकर्माले अमेरिका र चीनबिचको अन्तरबिरोधलाई नेपालले ठिक ढंगले विश्लेषण गर्न नसके नेपाल युक्रेनको अवस्थामा पुग्ने बताए ।
प्रवक्ता विश्वकर्माले अहिलेको राजनीतिमा विचार, नीति, सिद्धान्त र नैतिकताको कुनै प्रश्न नरहेको बताए । राजनीति केवल सत्ता र कुर्सिको निम्ति गरिने षड्यन्त्रमुलक खेलको रुपमा स्थापित हुन पुगेको उनले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा वैशाख ९ गते आफ्नो पार्टीले काठमाडौँको खुलामञ्चमा कार्यक्रम गर्ने बताए । कार्यक्रममा देशका कम्युनिस्ट तथा वामपन्थी १० वटा राजनीतिक पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने उनले जानकारी दिए । करिब १५ हजार मानिसहरूको सहभागिता हुने सो कार्यक्रममा शीर्ष पार्टीका नेताहरूलाई समेत निमन्त्रण गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?