सुर्खेत १ बाट निर्वाचित तीनैजना मन्त्री !

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति एवं अहिलेका रक्षामन्त्री पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्र हो–सुर्खेत १ । गत मंसिर ४ गते भएको आम निर्वाचनमा यो क्षेत्रबाट गठबन्धनका तीनवटै उम्मेदवार निर्वाचित भएका थिए । २ वटा प्रदेशसभा निर्वाचित क्षेत्र रहेको यहाँबाट गत मंसिर ४ गतेको आम निर्वाचनमा गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा खड्का, १ (क) बाट कांग्रेसकै खड्गबहादुर पोखरेल र (ख) बाट नेकपा माओवादीका कृष्णबहादुर जिसी निर्वाचित भएका थिए ।
अहिले यी तीनै जना मन्त्री बनेका छन् । खड्का नेपाल सरकारको रक्षा मन्त्री बनिसकेका छन् भने (ख) बाट निर्वाचन माओवादीका जिसी ११ माघमै कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री बनिसकेका थिए । बिहीबार गठित नयाँ सरकारमा (क) बाट निर्वाचित कांग्रेसका जिल्ला सभापति समेत रहेका पोखरेल पनि मन्त्री बनेका छन् । पोखरेल प्रदेशको सामाजिक विकास मन्त्री बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल लिजेन्ड रोबर्टो कार्लोस एनएसएल क्वालिफायर खेलको विशेष अतिथि
-
निरन्तरको कमजोर प्रदर्शनपछि प्ले–अफमा पुग्न सङ्घर्षरत मुम्बई र हैदराबाद आपसमा भिड्दै
-
काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण
-
भारत भ्रमणमा आउँदै छन् अमेरिकी उपराष्ट्रपति जेडी भान्स, के-के छन् छलफलका एजेन्डा ?
-
हिरासतमा रहेका रवीन्द्र मिश्र कविता लेख्छन्, धवल शमशेरलाई सुनाउँछन्
-
टाइमको सय प्रभावशाली व्यक्तिको सूचीमा ट्रम्पसँगै युनुस पनि