तराईका जिल्लामा तातो हावा चल्नसक्ने, ‘लु’बाट कसरी जोगिने ?

काठमाडौँ । सरकारले गर्मी बढेसँगै तराईका जिल्लाहरूमा तातो हावा वा ‘लु’ चल्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लुले स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्ने भन्दै सचेत रहेर सुरक्षाका उपायहरू अपनाउन बिहीबार एक सूचनामार्फत अनुरोध गरेका छ ।
‘जल तथा मौसम विज्ञान विभागले तापक्रम बढेसँगै तराईका जिल्लाहरूमा तातो हावा लु चल्न सक्ने सम्भावना रहेको उल्लेख गरेको र यसले स्वास्थ्यमा असर पार्न सक्ने भएकाले सचेत रही सुरक्षाका उपायहरू अपनाउन अनुरोध गर्दछौँ’, मन्त्रालयले भनेको छ ।
मन्त्रालयका अनुसार लु लाग्दा हृदयको गति तीव्र हुन्छ भने श्वासप्रश्वास र रक्तचाप कम हुने पर्छ । यस्तै शरीरबाट पसिना ननिस्कने, चक्कर लाग्ने, अचेत हुने जस्ता लक्षण पनि देखिन्छ । यस्तै शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा बढी हुने, छाला सुक्खा, रातो र तातो हुने जस्ता असर पनि लु लाग्दा देखिने मन्त्रालयको भनाइ छ ।
तातो हावा वा लुबाट जोगिन दिउँसो घरबाट बाहिर ननिस्कन, फलफूलको रस र प्रशस्त पानी पिउन मन्त्रालयले अनुरोध गरेको छ । यस्तै धेरै पसिना आएमा कहिलेकाहिँ जीवनजल पिउन, बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्न वा छाता ओढ्न, चिसो पानीले नुहाउन, मदिरा सेवन नगर्न, चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउन मन्त्रालयले आग्रह गरेको छ । क्याफिनले धेरै पिसाब गराउने भएकाले चिया, कफी, सोडा जस्ता पेय पदार्थ पिउन नहुने मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले गर्मीमा स्वास्थ्यको विशेष हेरचाह गर्नुपर्ने भन्दै केही समस्या देखिए तत्काल अस्पतालमा जान पनि अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थापाथलीमा पाईप फुटेर सडक जलमग्न : लाखौं रकमको क्षति
-
पाकिस्तानी टोलीमा ब्यापक परिवर्तन, सलमान आगा टी–२० टोलीको कप्तान
-
टिकाथलीमा बोरिङबाट निस्किएको ग्यास, घरघरमा पुर्याउन स्थानीयको माग
-
जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो : प्रचण्ड
-
सशस्त्र प्रहरीले अर्डर गरेको १ सय २० वटा खुकुरी कारखानाबाटै चोरी, ३ जना पक्राउ
-
माओवादी अभियानप्रति किन आत्तिए मधेसवादी दलका नेता ?