बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

गर्मीमा धनियाँको पानी पिउनुहोस्, स्वास्थ्यलाई अचम्मको फाइदा मिल्छ

बिहीबार, ०७ वैशाख २०८०, १६ : ५५
बिहीबार, ०७ वैशाख २०८०

धनियाँ धेरैजसो नेपाली घरपरिवारमा प्रयोग गरिन्छ । कोही खानाको स्वाद बढाउन धनियाँ प्रयोग गर्छन् भने कोही धनियाँले तौल घटाउँछन् । धनियाँ हाल्दा खानाको स्वाद बढ्छ । साथै, पोषक तत्त्वमा पनि वृद्धि हुन्छ । धनियाँमा भिटामिन ए, सी, ई र के पाइन्छ । धनियाँ फलाम, प्रोटिन, फाइबर र क्याल्सियमको राम्रो स्रोत पनि हो । धनियाँमा शीतल प्रभाव छ, त्यसैले तपाईं यसलाई गर्मीमा पनि सजिलै प्रयोग गर्न सक्नुहुन्छ । धनियाँलाई पाउडरको रूपमा लिन खान सक्नुहुन्छ । यसबाहेक गर्मीमा धनियाँको पानी पिउनु पनि निकै फाइदाजनक हुन्छ । गर्मीमा धनियाँको पानी पिउनुका फाइदाहरू जानकारी लिऔँ । 

१. पेट पोल्ने समस्या निको पार्छ

गर्मी महिनामा सधैँ धनियाँको पानी पिउनुहुन्छ भने तपाईंको पेट पोल्ने समस्या हट्छ । धेरै मानिसलाई गर्मीमा मसालेदार खान खान मन पर्छ, जसका कारण पेट पोल्न थाल्छ । यस्तोमा धनियाँको पानी पिउँदा पेट पोल्ने समस्या हटाउँछ । धनियाँको पानी पिउँदा पेटको गर्मी बाहिर निस्कन्छ र यसले गर्दा राहत मिल्छ ।

२. पिसाब पोल्ने समस्या कम गर्छ

गर्मी मौसममा धेरै मानिसको पिसाब पोल्ने गर्छ । यसका थुप्रै कारण हुन सक्छन् । पिसाब पोलिरहेको छ भने डाक्टरको सल्लाह लिनुपर्छ । तर यदि तपाईं धनियाँको पानी पिउनुहुन्छ भने पिसाब पोल्ने समस्याबाट राहत पाउन सक्नुहुन्छ । धनियाँको पानी पिसाबसँग सम्बन्धित समस्यालाई निको पार्न सहयोगी हुनसक्छ ।

३‍. मुखभित्रको छाला जाने समस्याबाट राहत दिलाउँछ

गर्मीमा मुखको छाला जाने समस्या पनि धेरै नै देखिन्छ । यदि तपाईं पनि यसबाट राहत पाउन चाहनुहुन्छ भने धनियाँको पानी नियमित रूपमा सेवन गर्नुहोस् । धनियाँको पानीले शीतलता प्रदान गर्छ । साथै, ब्याक्टेरियल सङ्क्रमणबाट राहत मिल्छ र मुखको स्वास्थ्य सुधार हुनेछ । 

४. पित्तलाई शान्त पार्छ

केही मानिसहरूको गर्मी मौसममा पित्त बढ्न थाल्छ । यसका कारण उनीहरूलाई एसिडिटी, रातो बिमिरा र चिलाउनेलगायतका समस्या देखिन्छ । यस्तोमा धनियाँको पानी पिउनु फाइदाजनक हुनसक्छ । धनियाँको पानीमा पित्तलाई शान्त बनाउने गुण हुन्छ । यस्तो अवस्थामा धनियाँको पानी पिउनुभयो भने यसले पित्त सन्तुलनमा रहनेछ ।

५. छालासँग सम्बन्धित समस्या

गर्मीमा धेरैजसो मानिसलाई छालासँग सम्बन्धित समस्या हुन थाल्छ । यसमा दाद, धब्बा, डण्डिफोरलगायतका समस्या देखिन्छन् । तर तपाईंले दैनिक जसो धनियाँ पानी पिउनुहुन्छ भने यसले यस्ता समस्यामा धेरै नै राहत दिनसक्छ । 

गर्मीमा धनियाँको पानी कसरी पिउने ?

गर्मीमा धनियाँको पानी पिउनु स्वास्थ्यका लागि लाभदायी हुन्छ । यसका लागि तपाईं एक गिलास पानी मा १ चम्चा धनियाँको दाना हालेर रात भरी भिजाएर राख्नुहोस् । बिहान यो पानीलाई उमालेर छानेर पिउनुहोस् । यो पानी सधैँ पिउनुहुन्छ भने स्वास्थ्य सम्बन्धी थुप्रै समस्या हट्न सक्छ । तर यदि तपाईंलाई कुनै गम्भीर रोग छ भने डाक्टरको सल्लाहमा मात्रै धनियाँको पानी पिउनुहोस् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप