कविता: तिमी हाँसेको हेर्न मन छ आमा
बिहीबार, ०७ वैशाख २०८०, १६ : ३३

तिमी हाँसेको हेर्न मन छ आमा
फाटेको त्यो चोली
फेर्न मन छ आमा
मलाई हुर्काउँदा कति दुख काट्यौ
मायाले अङ्गालोमा बेर्न मन छ आमा
आमा जननी तिमि
तिम्रो चरन कमलमा शिर निहुराई
सन्तान तिम्रो हुनुमा गर्व छ मलाई
तिम्रो ममताको छहारी भित्र
तिम्रै स्नेहको बन्धन सित
आज म फुल्दै छु त केबल
हजुरको अटुट माया स्वरूप
त्यही हजुरको माया अनि स्नेह भित्र रमाई
म पनि गर्छु अथाह माया हजुरलाई !