सरकारले वैशाखभरि खोप अभियान चलाउने, नियमित खोप लगाउन छुटेकालाई १५ र ३१ गते दिने
![सरकारले वैशाखभरि खोप अभियान चलाउने, नियमित खोप लगाउन छुटेकालाई १५ र ३१ गते दिने](https://rpcdn.ratopati.com/media/albums/swasthya_sewa_bhig_health_department_oHtZYhREdO.jpg)
काठमाडौँ । सरकारले वैशाखलाई खोप महिनाको रूपमा मनाउने भएको छ । सरकारले ११ देखि १७ गतेसम्म विश्व खोप सप्ताहको अवसरमा महिनाभरि खोप अभियान चलाउने भएको हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अभियान अन्तर्गत वैशाख १५ र ३१ गते दुई दिन देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट बालबालिकालाई नियमित खोप दिइने भएको छ ।
सरकारले दिने खोप
–जन्मिने बित्तिकै वि.सि.जि
–६ हप्ता रोटा पोलियो, पि,सि.भी, डि.पि.टी,हेप बी हीब
–१० हप्तामा रोटा पोलियो,पि.सि.भी.,,डि.पि.टी, डि.पि.टी हिव,
–१४ हप्तामा पोलियो एफ.आई.पि.भी,डि.पि.टी, हेप.बी.हिप
–५ महिनामा एफ.आई.पि.भी, पि.सि.भी, दादुरा र रुबेला,
१२ महिनामा जापानिज इन्सेफाइटिस
–१५ महिना दादुरा बेला टाइफाइड
खोप लगाउन छुटेकाहरूले नजिकैको स्वास्थ्य संस्थामा गएर आफ्ना बालबालिकालाई नियमित खोप लगाउन महाशाखाले आग्रह गरेको छ ।
साथै छर छिमेकमा खोप लगाउन छुटेकालाई पनि समन्वय गरी लगाउन आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर १० लाखभन्दा बढीले लगाए एचपीभी खोप
-
उठ्न थाल्यो हेटौंडाको फोहोर
-
विपद्जन्य घटनाको जोखिम बढिरहेको छ : मन्त्री लामिछाने
-
कृषि मन्त्री श्रेष्ठलाई कार्यवाहक दिएर मुख्यमन्त्री लामा दुबई प्रस्थान
-
एउटा समूहले चोरेको मोबाइल अर्को समूहले लुट्न खोज्दा युवकको हत्या
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा