बढुवा भएका १३ डीआईजीलाई दज्र्यानी चिन्ह प्रदान
-_u4h2zFPvBk.jpg)
काठमाडौँ । नेपाल प्रहरीका १३ जना नायव महानिरीक्षकले फुली लगाएका छन् । प्रहरी वरिष्ठ उपरीक्षकबाट डिआईजीमा बढुवा भएकाहरुलाई बिहीबार आईजीपी वसन्त कुँवरले फुली लगाइदिएका हुन् ।
डीआईजीमा बढुवा हुनेमा कुवेर कडायत, केदार ढकाल, विष्णु कुमार के.सी, भरत बहादुर बोहरा, रवीन्द्र के.सी, राजेशनाथ बास्तोला, चन्द्र कुवेर खापुङ, जनक भट्टराई, लालमणी आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ विनोद पोखरेल, र विकाश राज खनाल छन् ।
बुधवार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बढुवा समितिको सिफारिस अनुसार डीआईजीको बढुवा नियुक्ति गरेका थिए । २०७९ चैत २९ मा बढुवा समितिले एसएसपीहरुलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।
बढुवा सिफारिसविरुद्ध प्रतिस्पर्धी मध्येका एसएसपी चक्र बहादुर सिंह र अनुराग द्धिवेदीले लोकसेवा आयोगमा उजुरी गरेका थिए । आयोगले सो उजुरी खारेज गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपा बैठक बस्दै
-
युद्धपछि गाजामा कस्तो रहला इजरायली सेनाको भूमिका ?
-
लेनदेन विवादमा शर्मिला वाइबामाथि आक्रमण
-
राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
नेपालमा राजतन्त्र फर्किन सम्भव छैन : युवा नेता गुप्ता
-
तालिम नलिए पनि अध्यापन अनुमति पत्र स्थायी रूपान्तरण गर्न सकिने