भेट्टाएको मोबाइल दुरुपयोग गरेर हैरानी दिएको आरोपमा युवक पक्राउ
बिहीबार, ०७ वैशाख २०८०, १५ : ३७
![भेट्टाएको मोबाइल दुरुपयोग गरेर हैरानी दिएको आरोपमा युवक पक्राउ](https://rpcdn.ratopati.com/media/albums/cyber-byuro_MzjbDHP1hj.jpg)
काठमाडौँ । भेट्टाएको मोबाइलमा लगइन अवस्थामा रहेको फेसबुक दुरुपयोग गरेर युवतीलाई हैरानी दिएको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नम्बर–५ घर भएका २२ ओम प्रकाश महरा छन् ।
महराले भेट्टाएको मोबाइलबाट पीडितको फेसबुकबाट युवतीकै सहोदर दाजुलाई यौनजन्य भिडियो पठाएका थिए । आरोपी विरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्युरोका एसपी पशुपति कुमार रायले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी
-
‘मच्छिन्द्रनाथको रथ बनाउने बेत सहज आपूर्तिको व्यवस्था गर्न अनुरोध’
-
मलोर्का र ओसासुनाले अंक बाँडे
-
पाँच हजार कुखुरापालनमा सुवेदी, मासिक पाँच लाख बचत
-
नापोलीलाई उछिन्ने विन्दुमा इन्टर मिलान
-
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै, यी तीन प्रदेशमा हिमपातको सम्भावना