हैदरावादमा बनेको थियो ममता कुलकर्णीको मन्दिर : २००० करोडको ड्रग र्याकेटमा अहिले पनि फरार
ममता कुलकर्णीको जन्म २० अप्रिल १९७२ मा मुम्बईको एक मध्यम वर्गीय परिवारमा भएको थियो । एक दिन ममताकी आमाले अखबारमा विज्ञापन देखिन् जसमा मोडलिङ एजेन्सीले नयाँ अनुहार खोज्दै छ भन्ने लेखिएको थियो । ममता त्यति बेला स्कुलमा थिइन् । ममता घरमा आउने बित्तिकै आमाले ‘मोडलिङ गर्न चाहन्छौ’ भनेर छोरीलाई सोधिन् । ममताको उमेर निर्णय दिन सक्ने हिसाबले निकै सानो थियो, त्यसैले उनले ‘हेरौँ’ भनिन् । त्यसपछि आमाले तुरुन्तै भनिन्, ‘ठिक छ, बेलुका तयार हुनु हामी एक एड एजेन्सीमा जाँदै छौँ । ’ ममता त्यो एजेन्सीमा पुगिन् र उनले लगातार मोडलिङको अफर पाउन थालिन् ।
मोडलिङपछि ममताले साउथ फिल्ममा काम पाउन थालिन् । उनको पहिलो फिल्म ननबारगल (१९९१) थियो । ममता मेरा दिल तेरे लिए (१९९१) बाट हिन्दी फिल्ममा आइन् र फिल्महरू गर्न जारी राखिन् । सुनिल शेट्टी, अक्षय कुमार, सैफ अली खान, सन्नी देओल जस्ता ठुला स्टारहरूसँग काम गर्दा ममतासँग पक्कै पनि धेरै फिल्महरू थिए तर उनले शीर्ष अभिनेत्रीको सूचीमा कहिल्यै स्थान पाउन सकिनन् । ममताको करियरका सबैभन्दा चर्चित फिल्महरू आशिक आवारा (१९९३), करण अर्जुन (१९९५), सबेसे बडा खिलाडी (१९९५), आन्दोलन (१९९५), बाजी (१९९६), चाइना गेट (१९९८) हुन् ।
हैदराबादमा छ ममता कुलकर्णीको मन्दिर
सन् १९९२ मा, ममता कुलकर्णी फिल्म ‘प्रेम शिकारम’मा देखिएकी थिइन् जसले बक्स अफिसका सबै रेकर्ड तोडेको थियो । साउथमा ममताको फ्यान फलोइङ यति बढेको थियो कि उनका फ्यानले हैदरावादमा उनको मन्दिर बनाएका थिए । फिल्म रिलिज भएपछि ममतालाई साउथबाट धेरै फ्यानमेल आउँथे । यो कुरा थाहा पाउने बित्तिकै उनले भनेकी थिइन्, ‘मैले कहिल्यै यस्तो सोचेकी पनि थिइनँ । यदि कहिल्यै नेल्लोरबाट यात्रा गरेँ भने त्यो मन्दिरमा पक्कै पनि जानेछु । ’
म्यागेजिन कभरमा टपलेस पोज दिएर ममता चर्चामा आएकी थिइन्
ममताले सन् १९९३ मा स्टारडस्ट म्यागेजिनको कभर पेजका लागि टपलेस फोटोशूट गरेकी थिइन् । पत्रिका बाहिरिएसँगै ममता विवादमा परेकी थिइन् । यसका लागि ममताले माफी मागेर स्पष्टीकरण दिइन् । लहरें रेट्रोलाई दिएको एउटा पुरानो भिडियोमा ममताले भनेकी थिइन्, ‘मलाई थाहा छ, मबाट गल्ती भएको छ । मलाई मानिसहरूले धेरै सोझो ठान्नुहुन्छ । मलाई फ्यान लेटर आउँदा यसको सुरुमा ‘आदरणीय ममता कुलकर्णी’ को साथमा हुन्थ्यो । यस्तोमा मेरो टपलेस फोटो आउँदा मेरा प्रशंसकलाई धक्का लागेको छ । यसको परिणाम यस्तो होला भनेर मलाई थाहा नै थिएन । मानिसहरूलाई धेरै आपत्ति यस कारण भयो किनभने मेरो इमेज नै भिन्न थियो । मलाई मानिसहरूले देवीलाई झैँ पुज्दथे । त्यति बेला २० रुपैयाँको यो म्यागेजिन सय रुपैयाँमा बेचिएको थियो ।’
स्पष्टीकरण दिँदा धेरै नायिकाको नाम लिएकी थिइन्
स्पष्टीकरण दिँदै एकातिर उनले आफ्नो बचाउ गर्न खोजिन् भने अर्को तिर उनले अरू नायिकाको पनि नाम लिइन् जसका कारण उनको बयान थप चर्चामा आयो । उनले भनेकी थिइन्, ‘पूजा बेदी वा अन्य कुनै नायिकाले यस्तो गरेको भए, यो नयाँ कुरा हुँदैनथ्यो । उनीहरूको यो दैनिकको काम हो । जब ममता कुलकर्णीले गरिन् तब मानिसलाई धक्का लाग्यो । यस्तै, यदि भाग्य श्रीले गरेको भए पनि मानिसहरूलाई धक्का लाग्थ्यो ।’
अन्डर वर्ल्ड डन छोटा राजनको धम्कीले पाएकी थिइन् फिल्म चाइना गेट फिल्म
फिल्म घातकको ‘मारा रे’ गीतमा ममता विशेष भूमिकामा थिइन् । यो फिल्म राजकुमार सन्तोषीले निर्देशन गरेका हुन् । जब राजकुमारले १९९९ मा फिल्म चाइना गेट बनाउने निर्णय गरे, उनले ममतालाई साइन गराए । कास्टिङबाट राजकुमार खुसी थिएनन् र नायिका परिवर्तन गर्ने सोचमा थिए । राजकुमारले उनलाई फिल्मबाट निकाल्ने बित्तिकै उनलाई लगातार अन्डर वर्ल्ड डन छोटा राजनको धम्कीपूर्ण फोन आइरह्यो । छोटा राजनको धम्की आएपछि राजकुमारले ममतालाई नै फिल्ममा राखे ।
फिल्म रिलिज भयो तर यो बक्स अफिसमा नराम्रोसँग फ्लप भयो । यो फिल्म छम्मा–छम्मा गीतका लागि चिनियो । यसबाट उर्मिला मातोन्डकरले धेरै चर्चा पाएकी थिइन् । यस्तै, ममताले मुख्य नायिका हुँदासमेत तारिफ बटुल्न सकिनन् ।
कास्टिङ काउचको खुलासा गर्दै राजकुमार सन्तोषीमाथि गम्भीर आरोप लगाएकी थिइन्
फिल्म फ्लप भएपछि ममता कुलकर्णीले एक अन्तरवार्तामा फिल्मको सुटिङका बेला राजकुमार सन्तोषीले आफूलाई सम्झौता गर्न भनेको खुलासा गरेकी थिइन् । उनका अनुसार उक्त प्रस्ताव अस्वीकार गर्दा फिल्मबाट उनको धेरैजसो दृश्य हटाइएको थियो । राजकुमारले भनेपछि उनलाई थुप्रै फिल्मबाट निकालिएको पनि उनले आरोप लगाएकी थिइन् ।
छोटा राजनसँग सम्बन्ध थियो, उनी जेल जाने बित्तिकै बलिउडबाट गायब भइन्
एक समयमा ममता कुलकर्णी र छोटा राजनको अफेयरको किस्सा चर्चामा थियो । यी दुवैले कहिल्यै आफ्नो सम्बन्ध सार्वजनिक गरेनन् तर जसरी छोटा राजनले आफ्नो धम्कीले ममतालाई फिल्म दिलाउँथे, त्यसबाट यो स्पष्ट हुन्थ्यो कि यी दुईबीच केही थियो । अनुसन्धान एजेन्सीबाट बच्नका लागि छोटा राजनले जब देश छोडेर भाग्नुपर्यो तब यी दुईबीच दुरी बढ्यो । छोटा राजनको अनुपस्थितिमा विक्की गोस्वामीले उनको काम सम्हाले । यस्तोमा ममता र विक्की गोस्वामीको नाम जोडिन थाल्यो । छोटा राजन गएपछि ममताले फिल्म पाउन छोडिन् । सन् २००२ को फिल्म ‘कभी हम कभी तुम’ पछि ममता कुलकर्णी अचानक फिल्मबाट टाढिइन् ।
ग्ल्यामरको दुनियाँ छोडेर बनेकी थिइन् साध्वी
फिल्मी उद्योग छोडेपछि ममता विक्की गोस्वामीसँग दुबई र केन्यामा गएर बस्न थालिन् । त्यसपछि अचानक सन् २०१३ मा ममताको एउटा तस्बिर सार्वजनिक भयो जुन उनले सोसल मिडियामा पोस्ट गरेकी थिइन् । तस्बिरमा ममता साध्वीको अवतारमा देखिएकी थिइन् । त्यस वर्ष ममता कुलकर्णीले बुक अटोबायोग्राफी अफ ए योगिनी लन्च गरिन् । यो तस्बिर र किताबले ममता पुनः चर्चामा आइन् । एक टिभी च्यानललाई दिएको अन्तरवार्तामा उनले भनेकी थिइन्, ‘मैले विक्कीसँग विवाह गरेको छैन । म यति बेला कसैको पनि श्रीमती होइन । केही मानिस काम गर्नका लागि जन्मिन्छन् र केही भगवानका लागि । म भगवानका लागि जन्मिएकी हुँ । ममता पूर्ण रूपमा साध्वी बनेकी छिन् ।’
२००० करोडको इन्टरनेशनल ड्रग र्याकेटमा फसेकी थिइन्
सन् २०१६ मा ममता कुलकर्णी र उनका कथित श्रीमान् विक्की गोस्वामीको नाम २००० करोडको ड्रग र्याकेटमा आएको थियो । यी दुईले केन्यामा एउटा ठुलो ड्रग र्याकेट चलाइरहेका छन् भन्ने आरोप थियो । नाम आएपछि दुबैको खोजी सुरु भयो तर दुवै भेटिएनन् । सन् २०१६ मा ठाणेको एक विशेष अदालतले दुबैलाई भगौडा घोषित गर्यो । सन् २०१७ मा ममताको मुम्बईस्थित सम्पत्ति जफत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
-
रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
-
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै
-
१० बजे १० समाचार : नारायणहिटीको आँगनबाट ओलीको ‘गाली’देखि अदालतमा दुर्गा प्रसाईंसम्म
-
आईपीटीपीमा सहभागी हुन सभामुख कम्बोडिया प्रस्थान