एनएमबि बैंकद्वारा नेपालको पहिलो हेजिङ्ग कारोबार सम्पन्न

काठमाडौँ । विकाश उन्मुख देशहरुको आर्थिक उन्नतिका लागि डेभलपमेन्ट फाइनान्स ईन्सटिट्यूसनहरुले प्रदान गर्ने आर्थिक सहयोग निकै महत्वपूर्ण हुन्छ । यसैक्रममा एनएमबि बैंकले The Currency Exchange Fund (TCX), Amsterdam र MFX Currency Risk Solutions, Washington सँगको सहकार्यमा ८ मिलियन अमेरिकी डलर बराबरको रकम नेपालकै पहिलो हेजिङ्ग कारोवार गरेको छ । नन् डेरिभरेवल क्रस करेन्सी स्वाप गर्नका लागी प्रयोग गरिएको हेजिङ्ग उपकरण TCX ले उपलब्ध गराएको र सो सम्वन्धित कारोवार गर्नको लागि MFX ले सहजकर्ताको भूमिका निर्वाह गरेको बैंकले जनाएको छ । सो कार्य सफलतापुर्वक सम्पन्न गर्न आफ्नो विशेषज्ञता उपलब्ध गराएकामा बैंकले TCX र MFX प्रति आभार प्रकट गरेको छ ।
यस हेजिङ्ग कारोवारले बैंकको वित्तीय संयन्त्र विकाश र प्रयोग प्रतिको प्रतिबद्घता दर्शाएको विज्ञप्तिमा उल्लेख छ । ‘यसरी सफलतापूर्वक सम्पन्न भएको हेजिङ्ग कारोबारले देशभरी स्थिरता र सुनिश्चितताका साथ वित्तीय कारोवार गर्नका लागि मार्ग प्रसस्त गरेको छ र अस्थिर बजारमा स्थिरताका साथ आर्थिक कारोवार गरी वित्तीय लक्ष्य प्राप्त गर्न मद्दत गर्ने कुरामा एनएमबि बैंक विश्वस्त रहेको छ’, विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त