जापान प्रवेश गर्ने विदेशीको सङ्ख्यामा २७.५ प्रतिशतले वृद्धि

टोकियो । जापानमा मार्च महिनामा विदेशी पर्यटकको सङ्ख्या २७.५ प्रतिशतले वृद्धि भई १८ लाख १७ हजार ५०० पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । जापानको राष्ट्रिय पर्यटन सङ्गठनका अनुसार गत अक्टोबरमा जापानले व्यक्तिगत र गैर–पूर्वव्यवस्थित यात्राहरूमा लगाएको प्रतिबन्ध हटाएपछिको यो प्रवेश दर सबैभन्दा उच्च हो ।
स्वास्थ्य लाभको सङ्केत देखिए पनि कोभिड–१९ महामारी सुरु हुनुअघि सन् २०१९ को मार्चमा देखिएको तुलनामा मासिक आँकडा ३४.२ प्रतिशतले कम रहेको सङ्गठनले जनाएको छ ।
मार्चमहिनामा दक्षिण कोरियाबाट सबैभन्दा बढी पाँच लाख ६८ हजार ६०० र अमेरिकी पर्यटक दुई लाख तीन हजार जापान आएका थिए । दुई देशबीच सिधा हवाई उडानको बढ्दो सङ्ख्याका कारण चिनियाँ मुख्य भूमिबाट आउने पर्यटकको सङ्ख्या गत फेब्रुअरीको तुलनामा दोब्बर भएर गत महिना ७५ हजार ७०० पुगेको तथ्याङ्कले देखाएको छ ।
यसैबीच, छ लाख ९४ हजार ३०० जापानीले विदेश भ्रमण गरेका छन् । यो अघिल्लो बषैको तुलनामा अत्यधिक वृद्धि हो तर सन् २०१९ को सोही अवधिको तुलनामा ६४ प्रतिशतले कम हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
-
आँबुखैरेनीमा पढ्ने सबै विद्यार्थीलाई निःशुल्क स्वास्थ्य सेवा, वार्षिक र भर्ना शुल्क पनि निःशुल्क
-
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
भर्जिनियामा सामूहिक गोलीबारी, तीन जनाको मृत्यु
-
अमेरिकाले छिट्टै औषधिहरूमा पनि ट्यारिफ लगाउनेछ: ट्रम्प
-
प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ