एसिसी प्रिमियर कप : कुवेतसँग युएई विजयी
काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा युएईले कुवेतलाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा युएईले कुवेतलाई एक सय ४३ रनले पराजित गरेको हो ।
युएईले दिएको ३७२ रनको लक्ष्य पछ्याएको कुवेत ३६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २२८ रनमा समेटियो । कुवेतका लागि सायद मोनिबले ३६ बलमा ६८ रन बनाए भने प्रविन्दर कुमारले २६ बलमा ५३ रन बनाए । कप्तान मोहम्मद अस्लामले ३६ बलमा ३३ रन बनाए ।
युएईका लागि जुनेद सिद्धिकी र कार्तिक मैयप्पनले समान ३/३ विकेट लिए भने जाहोर खान, रोहन मुस्ताफा, सचित शर्मा र आयान खानले समान १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३७१ रनको योफगल बनाएको थियो ।
युएईका लागि वृत्य अरविन्द र रोहन मुस्तफाले शतक प्रहार गरे । अरविन्दले एक सय ४७ बलमा १७ चौका र ९ छक्काको मद्दतमा सर्वाधिक १८५ रन बनाए ।
त्यस्तै मुस्तफाले एक सय २५ बलमा १० चौका र चार छक्काको मद्दतमा ११८ रन बनाए । आसिफ खानले ३० रन जोडे ।
कुवेतका लागि शाहरुख क्युदुस र प्रविन्द्र कुमारले दुई/दुई विकेट लिए भने यासिन पटेल र सायद मोनिबले समान एक/एक विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा रम्तेल निर्वाचित
-
हमासले तीन इजरायली बन्धकहरूलाई रिहा गरेको बदलामा १८३ प्यालेस्टिनी पनि छुटे
-
हमासद्वारा रिहा गरिएका तीन इजरायली बन्धकहरू को हुन् ?
-
टाइगर कप भलिबल : फाइनल खेल आइतबार हुने
-
पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’
-
एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछु : अध्यक्ष दाहाल