लुम्बिनी प्रदेश सञ्चार प्रतिष्ठान गठन प्रक्रियाको विरोध

बुटवल । लुम्बिनी प्रदेश सरकारले सञ्चार प्रतिष्ठान गठनको प्रक्रिया अगाडि बढाएको प्रति विरोध भएको छ ।
सरकारले नियमावली निर्माण नगरी सञ्चार प्रतिष्ठान गठन प्रक्रिया अगाडि बढाएको भन्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले विरोध जनाएको हो । महासंघले सरोकारवाल पक्षसँग छलफल नगरी सञ्चार प्रतिष्ठान गठन प्रक्रिया अगाडि बढाएको बताएको छ ।
महासंघले बुधबार विज्ञप्ति जारी गर्दै सञ्चार विधेयकमा कतिपय विषयहरू बाझिएको, संवाद र छलफल नगरी अगाडि बढाइएको तथा नियुक्ति प्रक्रिया अगाडि बढाउने कार्य रोक्न माग गरेको छ ।
प्रदेश महासचिव विक्रम खड्काले जारी गरेको विज्ञप्तिमा परिषद् सम्बन्धी नियमावली सम्बन्धी आवश्यक कदम चाल्न मार्ग गर्दै हतार प्रतिष्ठान गठन गरे विरोधका कार्यक्रम गर्ने उल्लेख गरिएको छ ।
यस्तै सरकारले प्रतिष्ठान गठन प्रक्रिया अगाडि बढाएकोमा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशले पनि विरोध जनाएको छ ।
प्रेस युनियन लुम्बिनी प्रदेश महासचिव नवीन गिरीले विज्ञप्ति जारी गर्दै नियमावली नै नबनाई हतारमा प्रतिष्ठान गठन गर्ने प्रक्रिया अगाडि बढाउने कार्य प्रेस युनियनले स्वीकार्य नगर्ने चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल