कोरोना सङ्क्रमण भएमा तत्काल आइसोलेनमा बस्न स्वास्थ्य मन्त्रालयको सुझाव

काठमाडौं । पछिल्लो समय कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण दर बढ्न थालेपछि सरकारले यसको रोकथाम तथा संक्रमण न्यूनीकरणका लागि सतर्कता अपनाउन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड– १९ सङ्क्रमण भएमा तत्काल आइसोलेसनमा बस्न आग्रह गरेको छ ।
सङ्क्रमणपछि आइसोलेसनमा ५ दिनभन्दा बढी बस्दा कुनै पनि लक्षण नदेखिए, विगत २४ घण्टाभित्र ज्वरोको औषधि नखाई ज्वरो कम भएमा त्यस्तो व्यक्ति सामान्य दैनिकीमा फर्कन मिल्ने मन्त्रालयको भनाइ छ ।
ज्वरो आउन कम नभएमा र सास फेर्न कठिनाई भएमा ७ दिनसम्म आइसोलेसनमा बस्नुपर्ने मन्त्रालयको भनाइ छ । यस्तै, ७ दिनसम्म आइसोलेसनमा बसेका बिरामीलाई बाहिर आउनु अघि चिकित्सकसँग परामर्श गर्न पनि मन्त्रालयले सुझाव दिएको छ ।
आइसोलेसनपछि के गर्ने, के नगर्ने ?
मन्त्रालयले आइसोलेसनमा बसेपछि के गर्ने र के नगर्ने भन्नेबारे पनि सुझाव दिएको छ । मन्त्रालयका अनुसार–
आठ दिनसम्म अन्य मानिसहरूको सम्पर्कमा नजानु हुँदैन ।
नाक, मुख, र चिउँडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्नुपर्छ ।
बेलाबेला साबुनपानीले हात धुने वा स्यानिटाइजरले हात सफा गर्नुपर्छ
मिलेसम्म छुट्टै शौचालय र प्रशस्त हावा आउने छुट्टै कोठामा बस्नुपर्छ ।
कोभिड १९ को लक्षण देखिएका वा लक्षण नभई कोभिड पोजेटिभ भएमा रिपोर्ट आएको दिनलाई पहिलो दिन मान्ने, भोलिपल्ट देखि २, ३ गर्दै क्रमशः दिन गन्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० महिनादेखि समितिमा सभापति छैनन्, लेखा समिति सत्ताकै कब्जामा !
-
मधेस प्रदेशका पूर्व प्रमुख राजेश अहिराजलाई लागेको आरोप के हो ?
-
चुरोट गुट्खालगायतका नयाँ उद्योग खोल्न दिने प्रक्रिया सरकारले तत्काल रोकोस् : उपभोक्ता जागरण नेपाल
-
बीवाईडी ईभीमा विस्तारित वारेन्टी नीति लागू
-
एमाले मोरङमा वडासम्मै गुट, संस्थापन र इतरसमूहबिच जिल्लामा भएको प्रतिस्पर्धाकै झल्को
-
स्वार्थको खेलमा लेखा समिति ! आईपीओ निष्कासन अझै अन्योल