सांसद दाहाल भन्छन्–संसद् राजसंस्थाको पैरवी गर्ने थलो होइन

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संसद् राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले संसद् राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताएका हुन् । उनले राजसंस्थाले २४० वर्षसम्म जनतालाई प्रताडित गरेको भन्दै जनतालाई प्रताडित गर्ने संस्थाको जबरजस्ती पैरवी गर्ने थलो संसद् नभएको बताए । उनले संसद्लाई राजसंस्थाको पैरवी गर्ने थलोको रूपमा जनताले नमान्ने बताए ।
सांसद दाहालले संसद् विज्ञापन एजेन्सी पनि भएको स्पष्ट पारे । उनले कोही हराएको विज्ञापन संसदमा गर्नु नहुने बताए । उनले संसदमा अमर्यादित, अशिष्ट र अराजक बहसहरू हुने गरेका भन्दै संविधानको जगमा उभिएर बहस गर्न सांसदहरूको ध्यानाकर्षण गराए ।
उनले देशमा अर्बौंको काठ आयात भइरहेको भन्दै काठ आयातलाई रोकेर देशकै काठ प्रयोग गर्ने उपयुक्त वातावरण बनाउनुपर्ने बताए । उनले सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा युरिया मल कारखाना छिटोभन्दा छिटो सञ्चालन गर्न पनि सरकारलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको प्याराडाइज फिल्म फेस्टिभलमा नेपाली ‘द्रौपदी’ छनोट
-
ज्यान मुद्दामा कैद सजाय ठहर भएका दम्पती २४ वर्षपछि पक्राउ
-
ललिता निवासमा अख्तियारको पुनरावेदन : सफाइ पाएका तीन मन्त्रीसहित यी हुन् प्रतिवादीहरू
-
सरकारलाई दिएको समर्थन कायमै राख्ने जसपा नेपालको निर्णय
-
कलाकार संघले घोषणा गर्यो पुरस्कार र सम्मान
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह शुक्रबार, ३ हजार ८ सयभन्दा बढी दीक्षित हुने