एउटै समुदायले देश चलाउन खोजे देश दुर्घटनातिर जान्छ : अमरेशकुमार सिंह

काठमाडौँ । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले एउटा मात्रै समुदायले देश चलाउन खोजेको भन्दै देश दुर्घटनातर्फ जाने खतरा रहेको बताएका छन् । बुधवारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद सिंहले देश एउटै समुदायले चलाउन खोजे देश दुर्घटनामा जाने बताएका हुन् ।
‘सदनमा सभामुखमार्फत रुलिङ होस् । नागरिकता विधेयक पास हुनुपर्छ । म राज्य व्यवस्था समितिको सदस्य थिएँ पछिल्लो कार्यकालमा । त्यहाँ जानी जानी तत्कालीन सत्ताले नागरिकता विधेयक पास गर्न दिइएन’ उनले भने, ‘आफ्नो सांसदहरूलाई अलमल्याइ राखिएको छ । त्यसमा कोही कम छैन । किनकि नागरिकता समस्या गरिबको छोराछोरीको छ । नागरिकता समस्या उसको छ जो सत्तामा छैन ।’
उनले देश दुर्घटनामा जानुमा चार/पाँच जना पूर्व प्रधानमन्त्री र प्रधानमन्त्री जिम्मेवार हुने समेत बताए । उनले देशलाई भागबन्डाका कारण विगत ३० वर्षमा अगाडि बढाउनुको सट्टा पछाडि धकेलिएको बताए । उनले हालसम्मका सत्ताले जानी जानी नागरिकता विधेयक पारित नगरेको पनि बताए ।
‘एउटै समुदायले देश चलाउन खोज्नुहुन्छ, देश दुर्घटनातिर जाँदै छ । म बारम्बार भन्छु । मेरो भनाई गलत होस् । तर देशको दुर्घटना बचाउनुहुन्छ ? त्यसको जिम्मेवार चार/पाँच जना पूर्व प्रधानमन्त्री र प्रधानमन्त्री हुनेछन्’ उनले भने, ‘यति म सदनमा मात्र होइन, संसारको अगाडि उभिएर भन्छु । किनकि ३० वर्षमा नेपाललाई अगाडि बढाउनुको सट्टा पछाडि धकेलियो भागबन्डाका कारण । गरिबको छोराछोरी नागरिकता पाउनु हुँदैन ।’
उनले नागरिकताको सवाल कुनै पूर्व प्रधानमन्त्री र प्रधानमन्त्रीको छोराछोरीको भएको भए अहिलेसम्म नागरिकता विधेयक पास भइसक्ने टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको नामसँग जोडियो यो गजबको कीर्तिमान ! जितको श्रेय नुर अहमदलाई
-
सरकारी योजना बिक्रीबारे प्रदेश सभामा उठेको विषयले मधेस तरङ्गित
-
आन्दोलनरत शिक्षक अगुवाहरूसँग कांग्रेस महामन्त्रीद्वयको छलफल
-
‘सांसदहरूले कमिसनमा आफ्नो योजना बेचेका छन् भन्ने सुनेको छु’
-
‘सरकारले आफ्नो गल्ती ढाकाछोप गर्न सांसदमाथि आरोप लगाएको छ’
-
ब्याट्सम्यानलाई साथ दिने पिचमा कोलकाता र पञ्जाबलाई सर्वाधिक रन बनाउने कप्तानको भर