गठबन्धनका शीर्ष नेता चुनावी सभालाई सम्बोधन गर्न बारा जाँदै

काठमाडौँ । बारा–२ मा हुने उपनिर्वाचनका लागि तय गरिएको चुनावी सभालाई सम्बोधन गर्न सत्तारुढ दलका शीर्ष नेताहरू बारा जाने भएका छन् । बाराको गढीमाई मन्दिरको प्राङ्गणमा बिहीबार हुने चुनावी सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर बारा जाने नेपाली कांग्रेस बारा जिल्ला समितिका सभापति राजेश यादवले जानकारी दिए ।
चुनावी सभाको लगभग तयारी पुरा भएको र भोलि सबै शीर्ष नेताहरू बारा आइपुग्ने बताउँदै उनले सभालाई पाँचवटै शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको बताए । जसपाका अध्यक्ष उपेन्द्र यादव सत्ता गठबन्धनको तर्फबाट बारा–२ मा उम्मेदवार बनेका छन् । सभालाई उनले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पाँच दलीय गठबन्धन बाराले विज्ञप्ति जारी गरी चुनावी सभामा सहभागी हुनका लागि सबैलाई अपिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितुको ‘ज्वाइँ साब’ ओटीटीमा
-
६ खेलको प्रतिबन्धमा परे रियल म्याड्रिडका एन्टोनियो रुडिगर
-
नेपाल–भारत सीमामा देखिएका समस्या समाधानका लागि पहल गर्छु : प्रचण्ड
-
‘ऊनको स्वीटर’ साँझमा गुन्जिए सुजन, ट्रेलर पनि सार्वजनिक
-
बालुवाटारमा सत्तारुढ दलको बैठक जारी
-
बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गरिनेछ : प्रधानमन्त्री