बुढीगण्डकी जलविद्युत आयोजना सुरु गर्न सभामुख घिमिरेको ध्यानाकर्षण
![बुढीगण्डकी जलविद्युत आयोजना सुरु गर्न सभामुख घिमिरेको ध्यानाकर्षण](https://npcdn.ratopati.com/media/news/rajendra-pande_AtIzwgku3t.jpg)
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवम् सांसद राजेन्द्रप्रसाद पाण्डेले अलपत्र अवस्थामा रहेको बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्यलाई तत्काल सुरु गर्न सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् । मुलुकको सबैभन्दा ठूलो सो जलविद्युत आयोजनाको कामलाई अघि बढाउन नचाहेको देखिएको उल्लेख गर्दै उनले त्यसको कारणबारे सरकारले संसदलाई जानकारी गराउनुपर्ने पनि बताए । बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उपाध्यक्ष पाण्डेले समय सीमा निर्धारण गरेर सो जलविद्युत आयोजनाको कामलाई अघि बढाउन सरकारले ढिलाई गर्न नहुने पनि पटकपटक दोहोर्याए ।
‘राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलविद्युत आयोजना अलपत्र अवस्थामा रहेको छ । आयोजना निर्माणका लागि मोडालिटी पनि तयार भइसकेको छ । अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरण सेयर होल्डर बनेर यसको निर्माण कम्पनी पनि बनिसकेको छ । र, यो यति ठूलो कम्पनी हो । यो आयोजना निर्माणका सरकारको ध्यान पुगेन’ उनले भने, ‘म सभामुखमार्फत यो आयोजना तत्काल निर्माण गर्नेगरी यो सुरुवात गरियोस् । म सरकारलाई चाँडो भन्दा चाँडा यो रोष्टममा आएर उभिएर हामी यतिसाल भित्र यो आयोजनालाई सम्पन्न गर्ने गरी निर्माण कार्य सुरु गर्छौं भनेर बोल्नका लागि सभामुखबाट रुलिङ होस् भन्ने माग गर्न चाहन्छु ।’
उपाध्यक्ष पाण्डेले सो आयोजना निर्माणको काम छिटो सम्पन्न गर्न सके मुलुकमा ठूलो आर्थिक योगदान पुग्ने र रोजगारीको अवसर सृजना हुनेतर्फ सरकारलाई सचेत गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी सशस्त्र विद्रोह : ‘जनयुद्ध’ कि ‘हिंसा’ दिवस ?
-
शाहरुख–सलमानसँग फिल्म बनाउन चाहँदैनन् निखिल आडवाणी
-
बङ्गलादेशको विद्यार्थी आन्दोलनमा १४०० जना मारिएका थिए: रिपोर्ट
-
विराट कोहली होइन, रजत पाटिदार बने रोयल च्यालेन्जर्स बेंगलुरुको कप्तान
-
पुटिनसँग फोनमा कुरा गरेको ट्रम्पको दाबी, अब रोकिएला त युक्रेन युद्ध ?
-
उपाध्यक्ष वयकमाथि प्रहरीद्वारा कुटपिट भएको भन्दै अनेरास्ववियुको चेतावनी