पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र खारेज गर्न एमाले सचेतक बर्तौलाको माग

काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले पर्सा राष्ट्रिय निकुञ्जको सिमाना हेरफेर गर्न र मध्यवर्ती क्षेत्र खारेज गर्न माग गरेका छन् । बुधवार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सचेतक बर्तौलाले मकवानपुर क्षेत्र नम्बर २ को मनहरी गाउँपालिका र हेटौँडा नगरपालिका वडा नम्बर १२, १३, १४ र १५ वडा नम्बरमा पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको कारणले गर्दा निकै लामो समयदेखि त्यहाँका जनताले समस्या भोगिरहेको जानकारी गराएका छन् ।
उनले पर्सा राष्ट्रिय निकुञ्जको हेरफेर र मध्यवर्ती क्षेत्रको खारेजीको विषय त्यहाँका जनताको माग रहेको बताए । मध्यवर्ती क्षेत्रका कारण आफ्नो आँगन भत्कँदा खोलाबाट बालुवा ल्याउन समेत नपाउने, पालिका भित्रको गिटी बालुवा झिक्न पनि अनुमति लिन बारामा राष्ट्रिय निकुञ्जमा जानुपर्ने र एक ट्याक्टर बालुवा पाउने अवस्था रहेको बताए । साथै निकुञ्जको वार्डेन आतङ्कबाट त्यहाँका जनताहरू प्रताडित रहेको उनले बताए ।
बर्तौलाले भने– ‘त्यहाँका जनताहरूलाई यो देशमा राष्ट्रपति को हुन्छ, प्रधानमन्त्री को हुन्छ, मन्त्री को हुन्छ भन्नेमा सरोकार रहेनछ, त्यहाँ के विषय सरोकार रहेछ भने वार्डेन को आउँछ । वार्डेन आंतकबाट त्यहाँका जनताहरू अहिले पनि प्रताडित हुनुपर्ने, वन्यजन्तुबाट आक्रमणबाट एक प्रकारको निशानामा परिरहनुपर्ने अवस्थालाई अब अन्त्य गर्नुपर्छ । त्यसबारेमा मैले पनि अध्ययन गरेँ, अहिले पनि त्यहाँ एक किसिमले आर्मीको शासन रहेको छ ।’
उनले मध्यवर्ती क्षेत्र आवश्यक नरहेको र त्यसलाई खारेज गर्न सरकारको ध्यानाकर्षण गराए । उनले निकुञ्जको सीमा हेरफेरका लागि विशेष संसदीय समिति बनाउन पनि माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध