रक्सी नखानेहरूलाई पनि लागिरहेको छ कलेजोको रोग, के भन्छन् डाक्टर ?
‘म मेरो स्वास्थ्यको नियमित परीक्षण गरिरहन्थेँ । मलाई कलेजोको समस्या छ होला भनेर कहिल्यै महसुस भएन । रिपोर्टमा इन्जाइम बढेको भए पनि कलेजोको रिपोर्टमा अल्फा-फेटोप्रोटिन (एएफपी) बढेको थियो ।’
यी शब्द हुन् भारतका वरिष्ठ पत्रकार रामकृपाल सिंहका जसलाई २०१३ मा कलेजोको क्यान्सर भएको थाहा भयो ।
उनी भन्छन्, ‘अल्फा–फेटो प्रोटिन बढेको रिपोर्ट आएपछि, मेरो एन्डोस्कोपी गरियो जसले मेरो कलेजोमा गाँठो भएको देखायो । डाक्टरले उपचार गरे जसमा यी गाँठाहरूलाई जलाइयो तर पनि कलेजोमा नयाँ गाँठा आए । त्यसपछि पिइटी स्क्यान गराउँदा डाक्टरले कलेजो प्रत्यारोपण गर्न सुझाए । मलाई मेरी भतिजीले कलेजो दिइन् ।’
कलेजो मानव शरीरको सबैभन्दा ठुलो अङ्ग मानिन्छ र शरीरको तौलको दुई प्रतिशत तौल यसको हुन्छ ।
कलेजोको कार्य
मेदान्ता इन्स्टिच्युट अफ लिभर ट्रान्सप्लान्टेसनका अध्यक्ष तथा प्रमुख सर्जन अरविन्दर सिंह सोइनले कलेजोले शरीरको सबैभन्दा धेरै कार्य अर्थात् ५०० काम गर्छ भनेर जानकारी दिएका छन् ।
डा. अरविन्दरका अनुसार कलेजो यस्तो महत्त्वपूर्ण अङ्ग हो जसले हर्मोन बनाउँछ अर्थात् यो स्टोर हाउस वा डी–टक्सिफिकेशन प्लान्ट हो र यसले शरीरबाट फोहोर पदार्थ बाहिर निकाल्छ । यो शरीरको केन्द्रीय अङ्ग हो र यदि कलेजो स्वस्थ भएन भने शरीरले काम गर्न सक्दैन ।
इन्स्टिच्युट अफ लिभर एन्ड पित्त विज्ञानका निर्देशक डा. शिव सरिन भन्छन्, ‘करिब तीन दशक अघिसम्म हृदयाघात, मधुमेह र बिपीजस्ता रोगलाई खतरनाक मानिन्थ्यो तर अहिले परिस्थिति बदलिएको छ अहिले मानिसहरूमा कलेजोको समस्या बढिरहेको छ ।’
कलेजोको रोग
चिकित्सकका अनुसार यसअघि हेपाटाइटिस बी र सिका कारण अधिकांश कलेजो फेल हुने गरेको भए पनि पछिल्लो दशकमा केही परिवर्तन भएको छ ।
वयस्कहरूमा कलेजोमा चार वटा प्रमुख समस्या देखिने चिकित्सकहरू बताउँछन् । यी हुन् – अत्यधिक मदिरा सेवनबाट हुने अल्कोहोलिक लिभर डिजिज, नन–अल्कोहोलिक फ्याटी लिभर डिजिज जुन मधुमेह, मोटोपना र खराब कोलेस्ट्रोल भएका मानिसहरूमा हुन्छ । यसबाहेक तेस्रो हेपाटाइटिस बी हो र चौथो हेपाटाइटिस सी हो ।
दिल्लीको सर गङ्गाराम अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा. नैमिष मेहताले अहिले हेपाटाइटिस बीको भ्याक्सिन देशमा आइसकेको बताउँछन् । यस्तै, बी र सी को उपचार सम्भव छ, जसको कारण यी भाइरसका कारण हुने लिभर फेल्योरका घटनामा कमी आएको छ । यद्यपि उनका अनुसार रक्सीको सेवन पनि बढिरहेको छ र यो एउटा कारण बनेको छ ।
उनी भन्छन्, ‘विगत एक दशकमा मदिरा सेवन नगर्ने स्टेटोहेपाटाइटिसका केसहरू देखा परेका छन् । यिनीहरू यस्ता मानिस हुन् जसले रक्सीसमेत पिउँदैनन् तर उनीहरू लिभर सिरोसिसबाट पीडित हुन्छन् । यस्ता बिरामीमा पनि लिभर फेल्योर देखिन्छ जहाँ ट्रान्सप्लान्टको आवश्यकता हुन्छ ।’
फ्याटी लिभर
डा. शिव सरिनका अनुसार कलेजोमा बोसो भएमा त्यसमा इन्सुलिनको प्रभाव कम हुन्छ । यसबाट धेरै इन्सुलिन उत्पादन हुन्छ, बिस्तारै प्यान्क्रियाज कमजोर हुँदै जान्छ र मधुमेहका लक्षणहरू देखिन थाल्छन् । मधुमेह कलेजोको रोग हो भनेर विज्ञानले दुई दशकदेखि बताइरहेको छ ।
डा. नैमिष मेहता यसको मुख्य कारण मधुमेह मेलिटस बताउँछन् अर्थात् जसको मधुमेह बढी छ । यस्तै जो मानिसहरू धेरै मोटो छन् यस्ता मानिसहरू फ्याटी लिभरको समस्या लिएर आउँछन् ।
चिकित्सकका अनुसार फ्याटी लिभर ग्रेड १, ग्रेड २ र ग्रेड ३ गरी तीन प्रकारका हुन्छन् । रोगीले फ्याटी लिभरको उपचार नपाए पछि गएर लिभर सिरोसिस पनि हुनसक्छ ।
सिरोसिसबारे जानकारी दिँदै डा. नैमिष मेहता भन्छन्, ‘कलेजोको कोषमा फाइब्रोसिस हुन्छ वा सरल शब्दमा भन्नुपर्दा ती बिग्रन थाल्छन् र यस्तो अवस्थामा क्यान्सरको जोखिम पनि बढ्छ ।’
भारतकै अर्का वरिष्ठ पत्रकार रामकृपाल सिंहमा पनि सुरुमा कुनै लक्षण नदेखिए पनि केही परीक्षणपछि उनलाई कलेजोको क्यान्सर भएको थाहा भयो ।
कलेजोको क्यान्सरले कुनै लक्षण देखाउँदैन, तर रगतमा अल्फा–फेटो प्रोटिन (एएफपी) को परीक्षणले ट्युमर छ कि छैन भनेर पत्ता लगाउन सक्छ । यस्तो अवस्थामा कसैलाई कलेजोसम्बन्धी रोग भएमा तीनदेखि छ महिनामा अल्ट्रासोनोग्राफी गराउनुपर्ने र एएफपी परीक्षण गराउनु पर्ने चिकित्सकको सुझाव छ ।
यस्तै, डाक्टरले यो पनि बताउँछन् कि कति पटक लक्षण देखिँदैन र जन्डिस हुन थाल्छ भने कलेजो धेरै हदसम्म खराब भइसक्यो भनेर बुझ्नुहोस् ।
दिल्ली निवासी डा. विश्वेश मिश्रालाई सन् २०२२ मा उनको बुबालाई सिरोसिस भएको थाहा भयो ।
उनी भावुक हुँदै भन्छन्, ‘यस्तो लाग्थ्यो कि मेरो बुवाले आफ्नो होस नै गुमाउनुभएको छ । परीक्षण गर्दा लिभर सिरोसिसबारे पत्ता लाग्यो र स्थिति यति खराब थियो कि उनलाई कलेजो प्रत्यारोपणको आवश्यकता थियो ।’
उनी भन्छन्, ‘मैले जब आफ्नो कलेजो दिने प्रस्ताव राखेँ तब परीक्षण गर्दा थाहा भयो कि मलाई फ्याटी लिभर छ । मैले डाक्टरसँग एक महिनाको समय मागेँ । मैले बेस्सरी व्यायाम गरेँ र सीमित खानेकुरा खाएँ जसमा अङ्कुरित खानेकुरा समावेश थिए । एक महिनापछि र अनुसन्धानपछि मैले आफ्नो कलेजो बुवालाई दिन सकेँ ।’
विश्वेश मिश्रले आफ्नी दिदीले मृतकको कलेजो बुबालाई दिन चाहेको तर उनले आफ्नै कलेजो नदिएको बताए ।
यसका साथै उनले कलेजो दानलाई लिएर रहेका धेरै भ्रमको बारेमा पनि कुरा गरे । मृतकको कलेजो पर्खने अवस्था आफ्नो बुवाको नरहेको भन्दै आफैँले बुवालाई कलेजो दान गरेको उनी बताउँछन् ।
कलेजो खराब हुँदा यस्ता लक्षण देखिन सुरु हुन्छन् :
– जण्डिस हुनु
– पेटमा पानी भरिनु
– खुट्टा सुन्निनु
– कमजोरी महसुस हुनु
– धेरै निद्रा लाग्नु
– रगतको बान्ता हुनु
कलेजोलाई स्वस्थ कसरी राख्ने ?
परिवारमा कसैलाई मधुमेह वा रक्तचाप छ भने आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस् ।
– दैनिक व्यायाम गर्नुहोस्
– आफ्नो तौल नियन्त्रण गर्नुहोस्
– चिल्लो खानेकुरा – तेल, घिउको सेवन नगर्नुहोस् वा कम गर्नुहोस्
– सुत्नु भन्दा तीन घण्टा अघि खानुहोस्
– कलेजोमा कुनै समस्या भएमा स्वास्थ्य परीक्षण गराउनुहोस् ।
वरिष्ठ पत्रकार रामकृपाल सिंह ७१ वर्षका भएका छन् र खानपानमा विशेष ख्याल राख्छन् । उनको पत्रकारिता जारी छ ।
यस्तै, विश्वेश मिश्र आफ्ना बुवा सामान्य जीवन बिताइरहेका र आफ्नो साथमा रहेकोमा खुसी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’