उपनिर्वाचन प्रचारका लागि हेलिकप्टर प्रयोग नगर्न आयोगको चेतावनी

काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनको प्रचार प्रसारका लागि हेलिकप्टर प्रयोग नगर्न आग्रह गरेको छ । साथै हेलिकप्टर सेवा प्रदायक कम्पनीलाई पनि निर्वाचनको प्रचारका लागि हेलिकप्टर प्रयोग नगर्न सचेत गराएको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै यही वैशाख १० गते बारा, चितवन र तनहु जिल्लामा हुन लागेको निर्वाचन प्रयोजनको लागि निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा हेलिकप्टर प्रयोग गर्न नपाइने जनाएको हो ।
मंगलबार बसेको अयोगको बैठकले यसबारे निर्णय गरेको आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले रातोपाटीलाई जानकारी दिए । निर्वाचन आचारसंहिता, २०७९ को दफा १४ को खण्ड (६) मा राजनीतिक दलले प्रचारप्रसारको लागि आफ्नो तर्फबाट दुईजना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकप्टर सेवा प्रयोग गर्न सक्ने व्यवस्था रहेको रहेपनि उपनिर्वाचन हुने क्षेत्रमा यातायातको सहज पहुँच भएकोले हेलिकप्टर प्रयोग नगर्न आयोगले भनेको छ ।
आयोगले भनेको छ– ‘यातायातको सहज पहुँच रहेका स्थानमा राजनीतिक दलका नेता तथा उम्मेदवारहरुले निर्वाचन प्रचारप्रसारको लागि हेलिकप्टर प्रयोग गर्नु मितव्ययिताको सिद्धान्त समेतको प्रतिकूल हुन जाने भएकोले २०८० साल वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवार, दलका नेता तथा कुनै पनि प्रचारकले हेलिकप्टर सेवा प्रयोग नगर्नुहुन सूचित गरिन्छ ।’ निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयका लागि सरकारी निकाय तथा निजी हेलिकप्टर सेवा प्रदायकलाई आयोगको सहमति बिना निर्वाचन प्रचारप्रसारको कार्यमा हेलिकप्टर सेवा उपलब्ध नगराउन पनि जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनलमा स्थान पक्का गर्ने लक्ष्यसहित मैदानमा उत्रँदै अपराजित नेपाल
-
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरुङ निर्वाचित
-
महाकालीको बार आज कुन राशिलाई कति फलदायी ?
-
आवश्यक जनशक्ति र पूर्वाधार नहुँदा कोरला नाकाबाट राजश्व सङ्कलन गर्न समस्या
-
अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने
-
बैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ विजयी