ठेक्का लगाएर काम अधुरो छाडियो : महालेखा

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले ठेक्का लगाएर अधुरो छाडिएको काम छिटो सक्नुपर्नेमा जोड दिएको छ । महालेखाले २० औं वार्षिक प्रतिवेदनमा एकाइ कार्यालय, मोरङले लगाएको ठेक्काका काम अधुरो नै रहेको उल्लेख गरेको हो ।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२१ र नियम १२८ मा खरिद सम्झौताको शर्त बमोजिम निर्माण कार्य सम्पन्न नगरेमा पूर्वनिर्धारित क्षतिपूर्ति असुल गरी निर्माण व्यवसायीको लागतमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने व्यवस्था छ । एकाइ कार्यालय मोरङले ८ निर्माण व्यवसायीसँग २०७९ जेठ ३० सम्म निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का लागेको थियो ।
उक्त अवधिसम्ममा काम सम्पन्न गर्नुपर्ने गरी ३ करोड १० लाखको सम्झौता गरेकोमा १ करोड ५५ लाख रुपैयाँ रहेको ४ तटबन्ध निर्माण काम नै शुरु भएको छैन । यस्तै, १ करोड ५५ लाख सम्झौताको निर्माण कार्यमा १ करोड ६ लाखको मात्र कार्य गरी निर्माण कार्य अधुरो रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यापार युद्धको भय : विश्व बजारमा सुनको भाउ अहिलेसम्मकै बढी
-
वनस्पति क्षेत्रको थप विकास र व्यवस्थापन गर्न जरुरी छ : वनमन्त्री ठकुरी
-
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ८५ हजार पुग्यो
-
दैलेखमा तीन महिने शिशु अपहरण: एक महिला पक्राउ
-
दक्षिण एसिया र मोदी
-
काठमाडौँ ल्याउनुअघि दुर्गा प्रसाईंलाई जिप्रका झापा लगियो