प्रकाश सपुतको ‘सकम्बरी’ ५ दिनदेखि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा

काठमाडौँ । नेपाली साङ्गीतिक क्षेत्रका केही गीत आएको पत्तो हुँदैन । केही गीतले भने सार्वजनिक दिन देखिनै चर्चामा रहन सफल हुन्छ । यस्तै सार्वजनिक दिन देखि नै चर्चामा रहन सफल गीत हो गायक प्रकाश सपुतको ‘सकम्बरी’(फूलमाया) ।
५ दिन अगाडि सार्वजनिक गीतले दिन प्रतिदिन चर्चाको शिखर चढ्दो छ । गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल यो गीतले उक्त स्थानमा आफ्नो कब्जा कायमै राखेको छ ।
गीतले बुधबार समाचार तयार गर्दासम्म ८२ लाख बढी भ्युज आउन सफल भएको छ । सम्भवतः नेपाली गीतले यतिको छोटो अवधिमा यति धेरै भ्युज पाएको यो पहिलो हो । गीतमा सपूतकै शब्द, सङ्गीत र स्वर छ । गीतको सङ्गीत संयोजन भने सुदीप सागरले गरेका हुन् । गीतमा सपूतलाई बर्ता गन्धर्वले स्वरमा साथ दिएकी छन् ।
गीतको भिडियोलाई लिएर भने विभिन्न आलोचना भइरहेका छन् । कलाकार बन्ने सपना बोकेर गाउँबाट सहर छिरेकी एक युवती (फूलमाया)को कथा बुनिएको भिडियोले कला क्षेत्रलाई नकारात्मक देखाएको टीकाटिप्पणी भइरहेको छ । केही सङ्घसंस्थाले गीत हटाउन माग गर्दै विरोधका विज्ञप्ति पनि जारी गरेका छन् ।
भिडियोका निर्देशक सपूत आफैँले गरेका हुन् । भिडियोमा एउटा महिलाले घरपरिवारका लागि गर्ने कर्तव्य समेत देखाइएको छ । भिडियोमा सपूतको अलावा कुसुम शर्मा, सुनिल थापा, निक्स शर्मा, सरिता राजोपाध्याय, सन्जोग रसाइली, सरस्वती अधिकारी, सालिक भण्डारी लगायतको अभिनय भिडियोमा देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक
-
एसइईका लागि बैतडीमा २७ परीक्षा केन्द्र तोकिए
-
पूर्वराजाको स्वागत कार्यक्रम सफल भएको राप्रपाको ठहर
-
ओली सरकारका कारण अराजकतालाई मलजल पुग्यो : इन्चार्ज गौतम
-
१० बजे १० समाचार : पूर्वराजाको सक्रियताबाट राजनीतिमा तरङ्ग, राप्रपाले तिर्यो जरिबाना