अदालत
बालेन शाहविरुद्धको रिट सुष्मालता माथेमाको इजलासमा
बुधबार, ०६ वैशाख २०८०, ११ : २४

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध दायर रिट निवेदन बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ । यसअघि मंगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा उक्त मुद्दा परेपनि हेर्न नभ्याइने भएको थियो ।
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै मेयर साहविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो ।
अधिवक्ता पदम श्रेष्ठले काठमाडौँ महानगरपालिकाले कानुनविपरीत फोहोर सङ्कलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर सङ्कलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर सङ्कलन र विसर्जन गर्नु पर्नेलगायतका मागसहित सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तालिम नलिए पनि अध्यापन अनुमति पत्र स्थायी रूपान्तरण गर्न सकिने
-
अभियानको क्रममा रुपन्देहीमा प्रचण्ड, भैरहवामा मर्निङ वाक
-
कोशी प्रदेश लगानी सम्मेलन : संघीय सरकारलाई उछिन्ने गरी लगानी प्रतिबद्धता हुने दाबी
-
उल्टो बाटोमा जसपा नेपाल : महाधिवेशनपछि पालिका, जिल्ला र प्रदेशको अधिवेशन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
मकवानपुर गुडिरहेको कारमा आगलागी