खोटाङको बाक्सिलामा स्वास्थ्य शिविर

खोटङ । खोटाङको केपिलासगढी गाउँपालिकाको बाक्सिलामा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको आयोजना तथा काठमाडौँ मेडिकल कलेज (केएमसी), काठमाडौँको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो । दुईदिने निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार एक सय दुई जनाले सेवा लिएका छन् । बाक्सिलास्थित पृथ्वी माविमा सञ्चालन गरिएको सो शिविरबाट पाँच सय ३० पुरुष र पाँच सय ७२ महिलाले निःशुल्क स्वास्थ्य सेवा लिएका हुन् । स्वास्थ्य शिविरबाट स्त्रीरोग, बालरोग, शल्यक्रिया, मानसिक तथा नशारोग, हाडजोर्नी तथा नशा, छालारोग, नाक, कान, घाँटी, आँखा, दन्तरोग, मिर्गौला रोग, मुटुरोगलगायतका बिरामीले सेवा लिएको गाउँपालिकाका अध्यक्ष समिर राईले जानकारी दिए ।
“गाउँपालिकाभित्रका सबै नागरिकलाई आफ्नै गाउँठाउँमा स्वास्थ्य सेवा दिन शिविरको आयोजना गरिएको हो”, उनले भने, “नागरिकको स्वास्थ्यलाई ख्याल राख्दै आगामी वर्ष पनि स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना छ ।” शिविरमा आवश्यक औषधिको व्यवस्था गाउँपालिकाले गरेको थियो । शिविरमा आउन तथा फर्किन गाउँपालिकाले सेवाग्राहीलाई बसको समेत व्यवस्था गरेका थियो । शिविर सञ्चालन गर्न काठमाडौँ मेडिकल कलेजबाट २६ चिकित्सकको टोली बाक्सिला आएको थियो ।
यसैबीच केपिलासगढी गाउँपालिकाका बिरामीले काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचार गराउँदा छुट पाउने भएका छन् । गाउँपालिकाको आग्रहमा काठमाडौँ मेडिकल कलेजले केपिलासगढी गाउँपालिकाभित्रका नागरिकलाई सो अस्पतालमा पुगेर उपचार गराउँदा ५० प्रतिशत छुट दिने भएको हो । अस्पतालकातर्फबाट अध्यक्ष होमादेवी न्यौपाने, महाप्रबन्धक नारायणप्रसाद दाहाल, गाउँपालिकाका अध्यक्ष राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गुन्जन कार्कीबीचमा उपचार छुटलगायत सात बुँदे सम्झौता भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीको लम्कीचुहा मोतीपुरमा एक पुरुषमाथि खुकुरी प्रहार
-
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी खारेज, जोशीको सदर
-
त्रिवि केन्द्रीय क्याम्पसमा चैत ८ गते स्ववियु निर्वाचन हुने
-
१० बजे १० समाचार : आईजीपीसहित ९ उच्च प्रहरी अधिकारी सेवा निवृत्त हुँदै, प्रचण्डको फोटो जलाएका निराजन रिहा
-
वीरगञ्जमा मितेरीपुल–नयाँबसपार्क सडक खण्डमा टाँगा चलाउन पाइने
-
टोखामा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु