आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संवैधानिक परिषद्को बैठक

नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न बसेको बैठक निष्कर्षविहीन

बुधबार, ०६ वैशाख २०८०, ०९ : ५७
बुधबार, ०६ वैशाख २०८०

काठमाडौँ । प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न आज बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा  सिंहदरबारमा बैठक बसेको बैठकले विना निष्कर्ष सकिएको हो । 

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाका अनुसार आजको बैठकमा कुनै सहमति नजुटेको र अर्को बैठक बसेर यसबारे निर्णय लिने सहमति भएको बताए । 

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानून, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी थिए।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप