कांग्रेसले गर्यो चितवन, तनहुँ र बाराका नेता तथा कार्यकर्तामाथि गरेको कारबाही फिर्ता

काठमाडौँ । नेपाली कांग्रेसले बारा, चितवन र तनहुँका नेता तथा कार्यकर्तामाथि गरिएको कारबाही फिर्ता गरेको छ ।
कांग्रेसको केन्द्रीय अनुशासन समितिद्वारा २०७४ र २०७९ सालका तीनै तहको चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका र पार्टीको हित विपरीत गतिविधिमा संलग्न रहेको भन्दै कारबाही गरिएकाहरूको कारबाही फुकुवा गरिएको हो ।
अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,'२०७४ साल र २०७९ सालमा भएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिएका र त्यस्ता बागी उम्मेदवारका प्रस्तावक र समर्थक बसेका तथा पार्टी र पार्टीको उम्मेदवारको हित विपरीतका गतिविधिमा संलग्न भएका कारण, पार्टी विधान र नियमावली बमोजिम स्वतः कारबाहीमा परेका तथा पार्टीको जिल्ला, प्रदेश र केन्द्रीय अनुशासन समितिको निर्णयबाट अनुशासनको कारबाहीमा परेका तनहुँ, चितवन र बारा जिल्लाका पार्टीका सम्पूर्ण सदस्यहरुको अनुशासनको कारबाही आजैका मितिदेखि लागू हुने गरी फुकुवा गरिएको छ ।'
यसअघि कांग्रेसले तनहुँका नेता गोविन्दराज जोशी र चितवनका दिनेश कोइरालामाथि गरिएको कारबाही फुकुवा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त
-
संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय