सेनाको पदयात्रा टोली तानसेन आइपुग्यो

पाल्पा । ऐतिहासिक गढी तथा किल्लाहरूको पदयात्रामा निस्केको नेपाली सेनाको टोली मंगलबार तानसेनको ऐतिहासिक भगवती मन्दिरमा आइपुगेको छ । नेपाल–अंग्रेज युद्धमा विजयी भएपश्चात् तत्कालीन कर्णेल उजिरसिंह थापाले स्थापना गरेको भगवती मन्दिरमा पदयात्रा टोली आइपुगेको हो ।
पदयात्राको टोलीलाई तानसेनका नगर कार्यबहाक प्रमुख प्रतीक्षा सिंजाली, प्रवक्ता यादवसिंह कार्की, स्थानीय बासिन्दा, भगवती मन्दिर व्यवस्थापन समितिले स्वागत तथा सम्मान गरेको छ ।
गत २०७९ चैत २८ गते गोरखाबाट तनहुँ, स्याङ्जा, पाल्पा हुँदै रुपन्देही निस्केको पदयात्रा टोलीलाई तानसेनका स्थानीय बासिन्दाले अवीरमालासहित सम्मान गरेका थिए । सेनाको पदयात्रा टोलीले मङ्गलबार भगवती मन्दिर परिसरको यात्रा गर्दै टीका तथा प्रसाद ग्रहण समेत गरेका थिए ।
नेपाल–अंग्रेज युद्धका बेला स्थापित भएका ऐतिहासिक गढी तथा किल्लाको प्रचारप्रसार गर्ने, नेपाली जनतासँगको सम्बन्ध सुमधुर बनाउन, नेपाल एकीकरण र सेनाको वीरताको सन्देश जनतामाझ पु¥याउन पदयात्रा गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलनको रिपोर्टिङका क्रममा पत्रकारमाथि आक्रमण : अनलाइन टिभी पत्रकार सङ्घको खेद
-
सगरमाथा चढ्ने तयारीमा रहेका असई सत्याललाई प्रधानमन्त्रीको बिदाइ
-
रोस्टममा पुगेका सांसदले अर्कै विधेयकको नाम पढेपछि...
-
शिक्षकहरूमाथि प्रहरीले बल प्रयोग गर्नु र पालिका लगाएर धम्क्याउनु सरकारको कुशासनको उदाहरण : शेखर कोइराला
-
शिक्षकहरूलाई अनावश्यक उत्तेजित गर्ने काम भयो : एमाले
-
एनआरएनएको महाधिवेशन सार्न माग गर्दै दायर गरिएको रिटमा कारण देखाऊ आदेश (आदेशसहित)