अपरिचित नम्बरबाट भिडियो कल आयो ? यकिन गरेरमात्र उठाउनुस् !
![अपरिचित नम्बरबाट भिडियो कल आयो ? यकिन गरेरमात्र उठाउनुस् !](https://rpcdn.ratopati.com/media/albums/cyber-crime-hack-hacker_vmaDmToWOf.jpg)
काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले विगत केही समययता अपराधिक समूहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाइ कल गरेर धाकधम्कीसहति ठग्ने गरेको पाइएको भन्दै सजग हुन आग्रह गरेको छ ।
व्युरोका उपनिर्देशक पशुपति कुमार रायले अपराधिक समूहले फेसबुक, म्यासेन्जर, ह्वाट्एप, इमो भाइबर आदिमा भिडियो कल गरी अश्लील क्रियाकलाप देखाउँदै ठग्ने गरेको पाइएको बताए ।
साथै उनले त्यसरी कल गर्नेले अश्लील क्रियाकलापको भिडियो कलको रेकर्ड गर्ने गरेको र त्यही भिडियो देखाएर धाकधम्कीसहित रकम समेत माग्ने गरेकाले सजग हुन आग्रह गरेका छन् ।
‘सामाजिक सञ्जाल प्रयोग गर्दा अवाञ्छित क्रियाकलाप प्रति सजग रहन तथा अपरिचित आइडी र अपरिचित आइडी वा भाइबर लगायतका नम्बरबाट कुनै कल आएमा यकिन गरेर मात्र कल संवाद गर्नुहुन जनचेतनाका लागि अनुरोध गरिएको छ’जनचेतनामूलक सूचना जारी गर्दै साइबर ब्युरोले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्तान सम्बन्धको आँसु !
-
एनआईसी एशिया लघुवित्तको साढे चार लाख कित्ता शेयर रूपान्तरण हुँदै
-
पछिल्लो आठ पालीमा एक शतक, ६ अर्धशतक र पाँच सयभन्दा बढी रन
-
ट्रम्पले भने, ‘प्यालेस्टिनीहरूलाई आफ्नो देशमा राख्न अस्वीकार गर्ने देशहरूको सहयोग रोक्छु’
-
मस्कको ओपन एआई किन्ने प्रस्ताव अस्वीकार गर्दै अल्टम्यानले दिए ‘एक्स’ किन्ने अफर
-
अण्डा भन्दा बढी प्रोटिन पाइन्छ यी दुई शाकाहारी खानामा