कोरोनाभाइरस
एकैदिन कोरोनाबाट २ जनाको मृत्यु, ४ जना भेन्टिलेटरमा
मङ्गलबार, ०५ वैशाख २०८०, २२ : ३२

काठमाडौँ । पछिल्लो दिनमा कोरोना सङ्क्रमित बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा १७१ जना सङ्क्रमित थपिँदा २ जनाले ज्यान गुमाएका छन् ।
मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार २९२ जनामा कोरोना परीक्षण भएको थियो । जसमा १७१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै सोही अवधिमा ८५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर ३९७ जना सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकामा ४ जना भेन्टिलेटरमा छन् भने आइसियुमा ८ जना रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मू कश्मीरमा घुसपैठविरोधी अभियानमा सेनाका सुबेदारको मृत्यु
-
कोलम्बिया विश्वविद्यालयका विद्यार्थीलाई देश निकाला गर्न अमेरिकी अदालतको अनुमति
-
सर्लाहीको ओम प्रकाश हर्बल इन्डस्ट्रीजमा आगलागी, १२ लाख रुपैयाँभन्दा बढीको क्षति
-
ट्रम्पका विशेष दूतसँग पुटिनको चार घण्टा वार्ता
-
दर्ता बिना अमेरिकामा ३० दिनभन्दा बढी बसेमा सजाय हुने
-
जिन्दगानी हाम्रो यो दुई दिनलाई