डेङ्गु रोक्न लामखुट्टेको बन्ध्याकरण

अर्जेन्टिनामा डेंगु ज्वरोसँग लड्नका लागि वैज्ञानिकले एउटा प्रयोग गरेका छन् । उनीहरुले रेडिएशनमार्फत् लामखुट्टेको बन्ध्याकरण गरिरहेका छन् ।
नेशनल एटोमिक एनर्जी कमिसन (सीएनईए) की बायोलोजिस्ट मारियानेला गार्सिया अल्बाले बन्ध्याकरणको तरिकाबारे जानकारी दिएकी छिन् । वैज्ञानिकले आयोनाइजिङ एनर्जीमार्फत् भाले लामखुट्टेको बन्ध्याकरण गरिरहेको उनले बताइन् ।
सन्तान जन्माउन सक्दैनन्
यो प्रक्रियापछि भाले लामखुट्टेलाई छोडिन्छ । यसरी बन्ध्याकरण गरिएका भाले लामखुट्टेले पोथी लामखुट्टेसँग मिलेर सन्तान जन्माउन सक्दैनन् । यसरी यिनीहरूको जनसङ्ख्या कम हुनेछ ।
हरेक हप्ता १० हजार लामखुट्टे
वैज्ञानिकले हरेक हप्ता दस हजारभन्दा बढी लामखुट्टेको बन्ध्याकरण गरिरहेका छन् । यिनीहरूलाई केही समयपछि बाहिर छोडिनेछ ।
४० हजारभन्दा बढीलाई डेंगु ज्वरो
अर्जेन्टिनामा डेंगु एक ठुलो खतरा बनिसकेको छ । लामखुट्टेले टोकेपछि हुने यो रोगको यस वर्ष हालसम्म ४० हजारभन्दा बढी बिरामी भेटिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मञ्जुश्री ट्रेल रेस चैतमा
-
कमल थापाले भने– राजाको आव्हानलाई जनताको अनुमोदन
-
लामिछाने तारिखका लागि वैशाख २३ गते पुनः रुपन्देही आउनुपर्ने
-
सर्त राखेर परमाणु कार्यक्रममाथि अमेरिकासँग वार्ता गर्न तयार भयो इरान
-
४५ सेकेण्डको विज्ञापनका लागि अल्लु अर्जुनलाई कसले दियो ३०० करोड ?
-
राष्ट्रपतिको ठाउँमा राजा ल्याउने सपना