वायु प्रदूषण नियन्त्रणबारे संसदमा जानकारी गराउन सांसद डाँगीको माग
मङ्गलबार, ०५ वैशाख २०८०, १५ : १०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले वायु प्रदूषण नियन्त्रण र रोकथामबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेकी छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वायु प्रदूषण नियन्त्रण र रोकथामबारे सरकारले अल्पकालीन, मध्यकालिन र दीर्घकालीन योजनाबारे संसदलाई जानकारी गराउनुपर्ने बताइन् ।
काठमाडौँ विश्वकै प्रदूषित सहरको पहिलो सूचिमा रहनु चिन्ताको विषय भएको उल्लेख गर्दै सांसद डाँगीले त्यसको नियन्त्रण तथा रोकथामका लागि भएका प्रयासहरुबारे पनि सरकारले संसदलाई जानकारी गराउनुपर्ने बताइन् ।
सांसद डाँगीले काठमाडांै प्रदूषित हुँदै जाँदा पनि सरकारले यसको नियन्त्रण र रोकथामका लागि प्रयास नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा उद्योग र कम्पनी दर्ताको दर घट्दो
-
जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
-
मकवानपुरको सुनाचुरीमा यात्रुवाहक बस दुर्घटना, १५ जना घाइते
-
आफ्नै कीर्तिमान तोड्न सगरमाथातिर लम्किँदै कामीरिता
-
आमाको नामबाट नागरिकता लिन सकस, दशकदेखि धाउँदा पनि सुन्दैन सरकार
-
स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना