संसदमा उठ्यो बालेनले सिंहदरबारको फोहोर नउठाएको विषय
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा काठमाडौँ महानगरपालिकाले सिंहदरबारमा फोहोर नउठाएको विषय उठेको छ । माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले काठमाडौँ महानगरपालिकाले फोहोर नउठाएर संविधानले दिएको अधिकार हनन गरेको बताएका छन् ।
संसद्को विशेष समयमा बोल्दै सांसद तामाङले काठमाडौँ महानगरपालिकाका मेयर धेरै नै चर्चामा आउने गरेको बताउँदै उनले पटक पटक हरेक विषयमा संविधान मिच्ने, आफ्नो कर्तव्य र जिम्मेवारी बोध नगर्ने काम गर्दै आएको बताए ।
गत चैत ११ गते काठमाडौँ महानगरपालिकाले एक सूचना जारी गर्दै काठमाडौँ उपत्यकाका नदी किनारहरूमा रहेका अनधिकृत ७ दिनभित्र हटाउनका लागि निर्देशन दिई नहटाएमा त्यसको क्षतिपूर्ति आफैले बेहोर्नु गरी महानगरले हटाउने सूचना निकालेको प्रति उनले आपत्ति जनाए । उनले महानगरपालिकाले गरेको सो कुरा आफैंमा संविधान विरोधी रहेको दाबी गरे ।
सांसद तामाङले भने,‘यस्तै चैत २६ गते सिंहदरबार र उच्च पदस्थ कार्यालयको फोहोर उठाइने छैन र उठाएमा उठाउने संस्थाको इजाजतपत्र समेत खारेज गरिने छ भनेर धम्कीपूर्ण तरिकाले, धम्कीपूर्ण तरिकाले उहाँले अभिब्यक्ति दिनुभयो ।’
उनले आफू नुवाकोट क्षेत्र नम्बर १ को जनप्रतिनिधि रहेको बताउँदै नुवाकोटको सिस्डोलमा १६ वर्षदेखि काठमाडौँको फोहोर फाल्ने काम हुँदै आएको बताए । ३ वर्षका लागि फोहोर फाल्ने भनेर १६ वर्षसम्म फोहोर फालेको उल्लेख गरे ।
उनले भने,‘त्यस क्षेत्रमा फोहोर फ्याँकेबापत सो क्षेत्रमा शिक्षा, स्वास्थ्य, रोजगारमा विकास गर्ने भनिएको थियो तर फोहोर सँगै कुकुर गयो, बिरालो गयो, काग गयो, चिल गिद्ध गयो । त्यहाँ पुरै प्रदूषण गर्ने काम भयो । संविधानमा भएको स्वच्छ वातावरणमा बस्न पाउने व्यवस्था विरुद्ध त्यहाँका जनतालाई प्रताडित गर्ने काम भयो । केही महिनादेखि बन्चरेडाँडामा फोहोर फाल्न थालिएको छ । फोहोरलाई क्यापिङ गरेर फाल्ने भनिएको छ तर त्यसलाई व्यवस्थित ढंगले गरिएको छैन । रेबिजग्रस्त कुकुरले त्यहाँका बाख्रापाठालाई टोकिरहेको छ । त्यतिमात्र हैन चिल र गिद्धले फोहोरको सिनोलाई उठाएर त्यहाँका जनसमुदायको घर घरमा आँगनको बिस्कुनमा समेत खसाल्ने गरेको छ ।’
उनले काठमाडौँ महानगरपालिकाले बेला बेला संविधान मिच्ने, संविधानमा भएको अधिकारलाई नै कुण्ठित गर्न नपाइने बताए । उनले फोहोर मैला विसर्जन क्षेत्रमा प्रभाव क्षेत्र रेखाङ्कन गरी त्यहाँका जनतालाई मुआब्जा दिने व्यवस्था गर्न माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अर्थतन्त्रका समस्या समाधान हुने क्रममा छन्: अर्थमन्त्री
-
रोमान्टिक फिल्म खेल्न चाहन्छन् ‘एनिमल’का भिलेन
-
घुसकाण्डमा दोषी ठहर गोल्डमेडलिष्ट उपसचिव विरुद्धमा अख्तियार पुग्यो सर्वोच्च
-
३ लाख घुससहित पक्राउ परेका शाखा अधिकृतविरुद्ध मुद्दा दायर
-
‘न्यानो वसन्त महोत्सव : चीनको तिब्बतका बारेमा कुरा गर्दै’ कार्यक्रम सम्पन्न
-
दुई पटक सरेर माओवादी केन्द्रको बैठक स्थगित