पछिल्लो पाँच खेलमा लिभरपुलको पहिलो जीत, लिड्स ६–१ गोल अन्तरले पराजित
काठमाडौँ । लिभरपुलले लिड्स युनाइटेडलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको छ।
प्रिमियर लिगका लागि सोमबार राति भएको एक मात्र खेलमा लिभरपुलले लिडसलाई उसको घरेलु मैदानमा फराकिलो अन्तरले पराजित गरेको हो । पछिल्लो पाँच खेलमा लिभरपुलको यो पहिलो जित हो ।
सो खेलको पहिलो हाफ नै लिभरपुलले २–० को अग्रता लिएको थियो । जसका लागि ३५औँ मिनेटमा गाक्पो र ३९औँ मिनेटमा सालाहले गोल गरेर योगदान गरेका थिए ।
उता, दोस्रो हाफको सुरुमै लिड्सका सिनिस्टेराले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याई दिए तर लिभरपुलका सामु लिडसको केही चलेन । दोस्रो हाफमा लिभरपुलले ४ गोल लिडसको गोल पोस्टमा लगातार हानिरह्यो ।
दोस्रो हाफको सुरुवाती अर्थात ५२ औँ मिनेटमा लिभरपुलका जोटाले थप गोल गर्दै ३–१ को अग्रता बनाए भने सालाहले ६४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेर खेललाई ४–१ को स्थितिमा पुर्याइदिए । यस्तै, ७३औँ मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गरे भने खेल सकिनु अन्तिम समयमा अर्थात ९०औँ मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई ६–१ को फराकिलो अन्तरको जित दिलाए ।
यस जीतसँगै लिभरपुलको ३० खेलबाट ४७ अङ्क बटुलेको छ भने लिड्स ३१ खेलबाट २९ अङ्कसहित १६औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३८.८१ अंकले बढ्यो नेप्से, ९ अर्ब ३१ करोडको कारोबार
-
कीर्तिपुरमा सहयोग गर्ने विषयमा रास्वपाभित्र तीनथरी मत
-
एमालेलाई १ लाख जरिवाना प्रकरण : कार्यक्रमको भोलिपल्ट पार्टीको झण्डा र रक्सीका बोतलसहित दुई ट्रक फोहोर संकलन
-
रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा : सर्वोच्चले मगायो भाषणको पूर्णपाठ
-
सौर्य एयरलाइन्स दुर्घटना : पीडितले दिए संसदीय समितिमा उजुरी
-
चितवनमा मंगोलियन हर्टले कन्सर्ट गर्ने