एसिसी प्रिमियर कप आजबाट, उद्घाटन खेलमा नेपाल मलेसियासँग भिड्दै
काठमाडौँ । आजदेखि एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। प्रतियोगिताको पहिलो खेलमा नेपाल र मलेसियाबीच खेल हुनेछ । उक्त खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ।
सो खेलको समूह ‘ए’मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन्, भने समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् ।
पहिलो खेल मलेसियासँग खेल्ने नेपालले दोस्रो खेल भने ओमानसँग वैशाख ८ मा खेल्नेछ । मुलपानी मैदानमा साउदी अरेबियासँग तेस्रो खेल वैशाख ११ गते खेल्ने नेपाल अन्तिम खेल वैशाख १४ गते कतारसँग भिड्नेछ ।
यो प्रतियोगिता बैशाख ५ देखि बैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछ। पहिलो पटक मुलपानीस्थित खेल मैदानमा पनि प्रतियोगिता हुन लागेको हो ।
सो खेलको सेमिफाइनल वैशाख १६ र फाइनल वैशाख १८ गते हुनेछ। प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेपाल समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा रम्तेल निर्वाचित
-
हमासले तीन इजरायली बन्धकहरूलाई रिहा गरेको बदलामा १८३ प्यालेस्टिनी पनि छुटे
-
हमासद्वारा रिहा गरिएका तीन इजरायली बन्धकहरू को हुन् ?
-
टाइगर कप भलिबल : फाइनल खेल आइतबार हुने
-
पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’
-
एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछु : अध्यक्ष दाहाल