शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

सिंहदबार र राष्ट्रपति कार्यालयको फोहोर उठाउन माग गर्दै रिट

सोमबार, ०४ वैशाख २०८०, २३ : १८
सोमबार, ०४ वैशाख २०८०

काठमाडौँ । सर्वोच्च अदालतमा सिंहदबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री आवास क्षेत्रको फोहोर उठाउन माग गर्दै रिट निवेदन दायर गरिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ आज अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमा रिट निवेदनमा उक्त माग गरिएको छ ।


काठमाडौँ महानगरपालिकाले फोहर नउठाउने निर्णय गरेपछि फोहोर धेरै समय थुप्रिँदा रोग र दुर्गन्ध फैलिने भएकाले तत्काल फोहोर उठाउन अन्तरिम आदेश माग रिट निवेदनमा गरिएको छ । रिट निवेदनमा भनिएको छ, “काठमाडौँ महानगरपालिकाले काठमाडौँको सिंहदरबार क्षेत्रभित्र, राष्ट्रपतिको कार्यलयको क्षेत्रभित्र, प्रधानमन्त्रीको आवास क्षेत्रभित्रको फोहरमैला सङ्कलन नगर्ने कुनै निर्णय गरेको भए उक्त निर्णय उत्प्रेषणको आदेशले बदर गरी पाऊँ ।”

रिट निवेदनमा स्थानीय सरकार र सङ्घीय सरकारका बीचमा समन्वय हुनुपर्ने र मिलेर फोहोर व्यवस्थापनको काम गर्नुपर्ने उल्लेख छ । काठमाडौँ महानगरपालिकाको कार्यालय स्थानीय निकाय भएकाले नेपालको संविधानको धारा ३० मा प्रत्येक व्यतिm स्वच्छ र स्वस्थ्य वातावरणमा बाच्न पाउने हक भएको छ ।

फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३ र ४ बमोजिम स्वच्छ वातावरण कायम गर्नको लागि आफ्नो क्षेत्रभित्र फोहोर सङ्कलन गर्ने दायित्व काठमाडौँ महानगरपालिकाको भएकाले कानुन विपरित आजसम्म फोहोर सङ्कलन नगरेकाले उक्त क्षेत्रको वातावरण प्रदूषित भई वातावरणमा असर पर्ने भएकाले तत्काल सङ्कलन गरी ल्याण्डफिल्ड साइडमा लानु र नियमित फोहर सङ्कलन र विसर्जन गर्ने कार्य गर्न गराउनु आदेश रिट निवेदनमा माग गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप