सैनिक कमाण्ड तथा स्टाफ तालिम सुरु
_lA1O41dFbo.jpg)
काठमाडौँ । शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सि.सं.३० कमाण्ड तथा स्टाफ तालिम सुरु भएको छ । तालिमको बलाध्यक्ष रथी सिताराम खड्काले एक समारोहकाबीच शुभारम्भ गरेका हुन् ।
समारोहलाई सम्बोधन गर्दै बलाध्यक्ष रथी खड्काले तालिममा सरिक सम्पूर्ण स्वदेशी तथा विदेशी शिक्षार्थीहरूलाई सफलतापूर्वक तालिम सम्पन्न गर्न शुभकामना दिए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै कलेजका शिक्षाधिकृत उपरथी सन्तोष कुमार ढकालले सैनिक कमाण्ड तथा स्टाफ तालिमको महत्त्वका बारे प्रकाश पारेका थिए ।
मध्यम तहका अधिकृतहरूको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न महत्त्वपूर्ण यस तालिममा नेपाली सेनाका तर्फबाट महिला अधिकृत १ जना सहित ५३ अधिकृतहरू लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १/१ गरी ३ जना अधिकृतहरू तथा मित्रराष्ट्र भारत, पाकिस्तान, केन्या, कोरिया, मालदिभ्स र नाइजेरिया १/१ जना गरी ६ विदेशी शिक्षार्थी अधिकृतसहित जम्मा ६२ जना अधिकृतहरू सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललिता निवास प्रकरण : दुई पूर्वप्रधानमन्त्रीविरुद्धको मुद्दा पूर्ण इजलासमा
-
हुम्लाको श्रीनगरमा वर्षासहितको बाढी, १० भन्दा बढी पसल र घरमा क्षति
-
बागमतीका मेयर थापाविरुद्धको मुद्दामा आज पनि सुनुवाइ
-
आजबाट हास्य कार्यक्रम ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने
-
युक्रेनी मामिलामा युरोपसँग कुरा गर्दै अमेरिका
-
वीरगञ्जको जनजीवन सामान्य हुँदै