बैङ्ककको रात्रि क्लबमा गोली चल्दा ६ जना घाइते
सोमबार, ०४ वैशाख २०८०, २० : २२

बैंकक । थाइल्यान्डको राजधानी बैंककस्थित रात्रि क्लब परिसरमा गोली चल्दा छ जना घाइते भएका स्थानीय प्रहरीले सोमबार जानकारी दिएका छन् ।
महानगरीय प्रहरी ब्यूरो डिभिजन १ का प्रहरी नायब कमाण्डर शाक्य सेङवानका अनुसार किशोरीहरूले आपसमा झगडा गरेको र बन्दुक चलाउँदा सो घटना भएको जानकारी अधिकारीहरूलाई दिइएको थियो।
पेस्तोलसहित दुईजना संदिग्धलाई सोमबार बिहान घटनास्थलबाटै पक्राउ गरिएको शाक्यले बताए ।
घाइते सबै ६ जनाको अहिले पनि अस्पतालमा उपचार भइरहेको शाक्यले जानकारी दिँदै घाइते सबैलाई गोली लागेको बताए ।
प्रहरीले अहिले झगडामा संलग्नको बारेमा अनुसन्धान गरिरहेको र आयोजक र नाइटक्लब सञ्चालकलाई सोधपुछका लागि बोलाएको उनले जनाकारी दिएका छन् ।(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मङ्गलवारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने
-
शिक्षकहरूले भोलिदेखि पार्टी कार्यालय घेराउ गर्ने
-
आर्मी क्लब र सुदूरपश्चिम प्रदेशको सजिलो जित, किरण ठगुन्नाको उत्कृष्ट शतक
-
कोटीहोम विवाद : पाँच सदस्यीय वार्ता टोली गठन गर्ने
-
अध्यक्ष दाहालले गरे ४ विधेयक प्रमाणित
-
पोल्यान्डका विदेशमन्त्रीलाई मस्कले भने- चुप लागेर बस फुच्चे