बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय
राजनीति

टीआरसी विधेयकबारे छलफल गर्न बालुवाटारमा ५ दलको बैठक जारी

सोमबार, ०४ वैशाख २०८०, १८ : ०४
सोमबार, ०४ वैशाख २०८०

काठमाडौँ । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकबारे छलफल गर्न सत्ता साझेदारका पाँच दलको बैठक सुरु भएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलको बैठक जारी रहेको हो । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू सहभागी छन् । संसदमा विचाराधीन रहेको टीआरसीसम्बन्धी विधेयकलाई फास्ट ट्र्याकमा चालू अधिवेशनबाटै पारित गराउने विषयमा छलफल हुने जनाइएको छ ।   

टीआरसी विधेयकमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले सक्रिय देखाएका छन् । यसअघि सोमबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप