स्वर्णिम डलर खेतीमा लाग्दा गोविन्द तनहुँबासीलाई पानी खुवाउँदै हुनुहुन्थ्यो : अध्यक्ष गुरुङ
![स्वर्णिम डलर खेतीमा लाग्दा गोविन्द तनहुँबासीलाई पानी खुवाउँदै हुनुहुन्थ्यो : अध्यक्ष गुरुङ](https://rpcdn.ratopati.com/media/albums/bidwan-gurung_AhPuJVBgJN.jpg)
काठमाडौँ । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले वैशाख १० मा तनहुँ–१ बाट लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन आग्रह गरेका छन् । सोमबार तनहुँ – १ मा तरुण भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस उम्मेदवार भट्टराईसँग राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको तुलना हुन नसक्ने बताए ।
‘स्वर्णिम वाग्ले डलर खेतिमा लागेका बेला गोविन्द भट्टराई तनहुँबासीलाई पानी खुवाउन तल्किन हुनुहुन्थ्यो,’ गुरुङले भने, ‘उहाँ अर्को ठाउँबाट यहाँ चुनाव लड्न आउनु भएको होइन । उहाँ यही ठाउँमा जन्मिएर, हुर्किएर तनहुँको बिकासको लागि समर्पित हुनु भएको व्यक्ति हो ।’
विभिन्न आन्दोलनमा योगदान दिएको ऐतिहासिक जिल्ला तनहुँले अन्दोलनबाट उदाएको नेता भट्टराईमाथि न्याय गर्ने उनले बताए । फागुन २५ मा राष्ट्रपति पाएको तनहुँले वैशाख १० मा भट्टराईलाई संघीय संसदमा पठाउने गुरुङले विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावककै बर्चस्व
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
-
ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी
-
प्रिमियर लिग : आर्सनल जित्दा नटिङघमलाई झट्का
-
प्रिमियर लिगमा म्यान्सिटीको फराकिलो जित, उमरले गरे ह्याट्रिक
-
सात दिन, सातै प्रदेश, सात म्याराथन