राष्ट्रियसभालाई सरकारले संघीय संसद्को रूपमा स्विकार्न सकेन : सांसद देव
सोमबार, ०४ वैशाख २०८०, १६ : २५
काठमाडौँ । राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले राष्ट्रिय सभालाई सरकारले संघीय संसद्को रूपमा स्विकार्न नसकेको आरोप लगाएका छन् ।
सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा र राष्ट्रिय सभाको महत्त्व बराबर भएपनि सरकारले त्यसलाई स्विकार्न नसकेको बताए । उनले सरकारले राष्ट्रियसभा बिना संघीय संसद् हुनसक्दैन भन्नेकुरा मान्न नसकेको बताए ।
उनले प्रतिनिधि सभाभन्दा राष्ट्रिय सभाको अधिकार, गरिमा, संविधानले दिएको मान्यता कमजोर नरहेको जिकिर गरे । उनले राष्ट्रिय सभाका ४ वटा समितिहरूले दिने निर्देशन र सुझाव सरकारले गम्भीरताका साथ नलिएको पनि बताए ।
राष्ट्रिय सभा सदस्य देवले आगामी दिनमा सरकारले संसदीय समितिहरूले दिने निर्देशन र सुझावलाई गम्भीरताका साथ लिनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा