सुडानमा भएको सैन्य झडपप्रति राष्ट्रसङ्घ प्रमुखको चिन्ता

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सुडानमा सुडानी सशस्त्र बल र र्यापिड सपोर्ट फोर्सेज’बीच जारी द्वन्द्वप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । गुटेर्रेसले विश्व खाद्य कार्यक्रमका तीन कर्मचारीको मृत्यु भएको र अन्य दुई जना गम्भीर घाइते भएको भन्दै झडपको कडा निन्दा गरेका छन् । घटनामा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।
महासचिवका प्रवक्ता स्टेफेन दुजारिकले एक विज्ञप्ति जारी गर्दै दोषीलाई अविलम्ब न्यायको कठघरामा ल्याउनुपर्ने बताएका छन् । सुडानको पश्चिमी क्षेत्र डार्फरका विभिन्न स्थानमा संयुक्त राष्ट्रसङ्घ र अन्य मानवीय स्थलमा पनि क्षेप्यास्त्र प्रहार र लुटपाट भएको छ ।
महासचिवले संयुक्त राष्ट्रसङ्घ र सम्बद्ध सबै कर्मचारी उनीहरूको आवसीय परिसर, सम्पत्तिको सुरक्षा र अन्य सुरक्षा सुनिश्चित गर्ने दायित्वसहित अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्नुपर्ने आवश्यकताबारे दुवै पक्षलाई स्मरण गराएको विज्ञप्तिमा उल्लेख छ । गुटेर्रेसले युद्ध तत्काल रोक्न र वार्तामा फर्कन आफ्नो आह्वान दोहोर्याउँदै यस सङ्कटबाट बाहिर निस्कनका लागि क्षेत्रीय नेता र सुडानी सरोकारवालाहरूसँग निरन्तर संवाद जारी राख्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वहरूले राष्ट्रिय भावनाको जगेर्ना गर्न सहयोग पुर्याएका छन् : सभापति देउवा
-
‘महाशिवरात्रि पर्वले नेपालीबिच आपसी सद्भाव बलियो बनाउँछः सभामुख घिमिरे
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
अमेरिका र युक्रेन खनिज सम्झौताका लागि सहमत, ट्रम्पले जेलेन्स्कीलाई किन बोलाए वाशिंटन ?
-
पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय : राष्ट्रपति पौडेल
-
महाशिवरात्रिको दिन आज कसलाई कति लाभ ? हेरौँ राशिफल