रोयल्टी छलीविरुद्धको आन्दोलनमा वडाअध्यक्षको हस्तक्षेप
कञ्चनपुर । महाकाली नदीबाट निकालिने बालुवा गिट्टीको रोयल्टी कर छली भइरहेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् । भीमदत्त नगरपालिका वडा नम्बर ११ भुजेलका स्थानीय आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले सडकमा चक्काजाम गरेका थिए ।
भीमदत्त नगरपालिका र स्थानीय प्रशासनले घटनाको छानबिन नगरेको भन्दै स्थानीयले आन्दोलन थालेका हुन् । उक्त आन्दोलनमा वडा नम्बर ११ का वडाअध्यक्षले हस्तक्षेप गरेका छन् । वडाअध्यक्ष प्रकाश थापाले आन्दोलनकारीमाथि हातपात गरेका हुन् ।
हातपात गर्नुका साथै आन्दोलन नगर्न चेतावनी नै दिएको स्थानीयको भनाई छ । स्थानीय शुभाष सिंह धामीले स्थानीय प्रशासनलाई मागपत्र बुझाएकोमा माग सुनुवाइ नभएपछि आन्दोलन थालिएको बताए ।
उक्त आन्दोलनमा वडाअध्यक्ष नै आएर हस्तक्षेप गरेको उनको भनाई छ । ‘वडाभित्र भएको अनियमिततामाथि छानबिन गर्नुका साटो वडाअध्यक्ष नै आएर धम्क्याउने काम भयो । रोयल्टी छलीमा वडाअध्यक्षकै संलग्नता हुन सक्ने देखियो,’ उनले भने ।
केही दिन अगाडि महाकाली नदी क्षेत्रमा नगरपालिकाको छाप नलगाएका ठेलीको पर्चा फेला परेका थिए । त्यसका विरुद्धमा स्थानीयले भीमदत्त नगरपालिकाकी उपमेयरलाई ज्ञापनपत्र बुझाएका थिए । उनले अनुगमन समेत गरेकी थिइन् । तर, त्यस विषयमा कुनै छानबिनका लागि तदारूकता नदेखाएको स्थानीयहरूको आरोप छ ।
त्यसपछि उनीहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए । ३० चैतमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै उक्त विषयमा छानबिन गर्नुपर्ने, रोयल्टी काट्ने स्थानमा सीसीटीभी जडान गर्नुपर्ने लगायतका माग अघि सारेका थिए ।
प्रमुख जिल्ला अधिकारीको तर्फबाट पनि समस्या समाधानका लागि कुनै पहल नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको धामीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का
-
युनाइटेड एयरलाइन्सको विमानमा युवकको शव फेला
-
विराट कोहली जब जानिजानी अस्ट्रेलियन युवा ब्याट्सम्यानसँग ठोक्किन पुगे !
-
ताइवानमा राष्ट्रपतिका पूर्वउमेदवारमाथि भ्रष्टाचार अभियोग
-
त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोहमा १४ हजार ३ सय विद्यार्थी सहभागी हुँदै
-
स्वास्थ्य सेवा सुधारका निम्ति प्रयत्न थाली सेकेका छौँ: स्वास्थ्य मन्त्री पौडेल