सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न अर्थमन्त्रीसँग माग
सोमबार, ०४ वैशाख २०८०, १५ : ५८
काठमाडौँ । नेपाल अर्बुद रोग निवारण संस्थाले सुर्तीजन्य पदार्थमा लगाउँदै आएको करलाई वृद्धि गर्न माग गरेको छ ।
सोमबार अर्थ मन्त्री डा. प्रकाशशरण महतलाई भेटी संस्थाले नेपालमा सुर्तीजन्य पदार्थमा लाग्ने कर अन्य मुलुकहरूको तुलनामा कम भएको भन्दै वृद्धि गर्न माग गरेको हो ।
संस्थाका अध्यक्ष महेश श्रेष्ठले सुर्तीजन्य पदार्थमा विश्व स्वास्थ्य संगठनले गरेको सिफारिसभन्दा पनि न्यून कर लगाइएको बताए ।
सुर्तीजन्य पदार्थ सेवनलाई न्यूनीकरण गर्न आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै कर वृद्धिको नीति लागू गर्न माग गरिएको उनले बताए ।
अध्ययन अनुसार नेपालमा प्रत्येक वर्ष सुर्तीजन्य पदार्थको सेवनले ३७ हजार ५ सय २९ जनाको मृत्यु हुने गरेको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?