नौ महिनामा १४ अर्ब नाफा विदेशियो

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा करिब रु साढे १४ अर्ब विदेशिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चालु आवको नौ महिनाको तथ्याङ्क अनुसार रु १३ अर्ब ७७ करोड ४४ लाख १० हजार ५५९ लाभाशंवापत बाहिरिएको हो । विभागले यस अवधिमा रोयल्टीबापत रु दुई अर्ब ११ करोड छ हजार छ सय ३४, १२ लाख ४५ हजार ९१ अमेरिकी डलर, ३० करोड ६२ लाख ९६ हजार ६०९ भारतीय रुपैयाँ र सात हजार युरो विदेश लैजानका लागि विभागले सिफारिस गरेको छ ।
विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएपछि मात्र रकम विदेश लैजान पाइन्छ । विभागले स्वीकृत गरेको १५ दिनभित्र रकम लैजान पाइने विभागले जनाएको छ ।
चैत महिनामा सवा तीन अर्ब लाभाशं फिर्ता
विभागले चैत महिनामा मात्रै रु तीन अर्ब १४ करोड ५३ लाख २२ हजार दुई ३५ लाभांश विदेश लैजान सिफारिस गरेको हो । रोयल्टीबापत चैत महिनामा मात्रै रु बीस करोड ६० लाख नौ हजार ५२६, ७३ हजार ३१३ अमेरिकी डबर, पन्ध्र लाख ४५ हजार ७८३ भारु फिर्ता लैजानेगरी स्वीकृति प्रदान गरेको हो । यस्तै, चालु आवको नौ महिनामा विभागले व्यवसायी भिसा अन्तर्गत एक हजार दुई सय २४ जना लगानीकर्ता, एक सय ८६ जना प्रतिनिधि र पाँच सय २४ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ ।
चैत महिनामा मात्रै विभागले एक सय ६६ जना लगानीकर्ता, ४५ जना प्रतिनिधि र एक सय ४२ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ । नौ महिनामा दुई सय ९८ वटा उद्योगका लागि रु ४१ अर्ब २१ करोड २४ लाख ४२ हजार तीन सय ७३ लगानी प्रतिबद्धता आएको छ । जसमा चैत महिनामा मात्रै रु आठ अर्ब ९१ करोड १२ लाख ६४ हजार छ सय ९० विदेशी लगानी प्रतिबद्धता भित्रिएकोे छ ।
विभागको तथ्याङ्क अनुसार हालसम्म रु चार खर्ब ४७ अर्ब ३८ करोड १२ लाख ९३ हजार ७०४ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ । विभाग अन्तर्गत वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखाले गत वर्षको तुलनामा चालु आवमा रोयल्टी तथा लाभाशं रकम बाहिरिने अनुमान गरिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी
-
१२ बजे, १२ समाचार : शिक्षकलाई घर फर्काउने गृहकार्यमा मन्त्रालयदेखि ६० लाख लुटपाटबारे डाँकाचोरी मुद्दामा अनुसन्धानसम्म
-
जनक शिक्षाले पाठ्यपुस्तक उपलब्धताबारे बुझ्न देशव्यापी अनुगमन गर्ने
-
जाजरकोट भूकम्पको क्षति आकलन गर्न सम्झौता
-
बिस्का जात्रा : रथले किचेर एक जनाको मृत्यु
-
६० लाख लुटमा संलग्नहरुविरुद्ध डाँकाचोरी मुद्दामा अनुसन्धान