नेप्से सूचक २३ अंकले घट्यो, ९२ करोडको कारोबार

काठमाडौँ । दोस्रो दिन सेयर बजार परिसूचक नेप्सेमा २३ अंकमाथिको गिरावट आएको छ । आइतबार २.८० अंकले घट्दै १९ सय ३१ अंकमा अडिएको बजारमा सोमबार थप २३.६४ अंकले नेप्से घट्दै १९ सय ८.०४ अंकको विन्दुमा झरेको हो । २३ अंक बढीले नेप्से सूचक घट्दै गर्दा यता आज कारोबार रकम समेत ९२ करोड ७८ हजार रुपैयाँमा सीमित हुन पुगेको छ ।
आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । बैङ्किङ समूहको उपसूचक १.०२ प्रतिशतले घटेको छ भने विकास बैङ्क समूहको उपसूचक १.८८ प्रतिशतले, माइक्रो फाइनान्स समूह १.६७ प्रतिशतले, इन्भेस्टमेन्ट समूह १.५८ प्रतिशतले घटेको छ ।
यस्तै फाइनान्स समूहको उपसूचक १.८० प्रतिशतले घटेको छ भने जीवन बीमा र निर्जीव बीमा समूहको उपसूचक क्रमशः १.५५ र ०.६७ प्रतिशतले घटेका छन् । अन्य समूहको उपसूचक १ प्रतिशत कमले घटेका छन् । आज पनि आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सनराइज ब्लूचिफ फण्डको मूल्य ६.२५ प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अछाम आगलागी पीडितलाई प्रदेश सरकारको ५० लाख सहयोग
-
बाराबाट २ किलो भन्दा बढी अफिमसहित एकजना पक्राउ
-
‘पिताम्बर’ र ‘कर्माले कति पायो शोज ?
-
चीनको एक नर्सिङ होममा भीषण आगलागी, २० जनाको मृत्यु
-
अमेरिकाले ९ लाख आप्रवासीको अनुमतिपत्र रद्द गर्यो, तुरुन्तै देश छोड्न आदेश
-
तीनकुनेको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा कमल विष्ट पक्राउ