सुख्खा बन्दरगाहाबाट गाडी चार्ने दुई जना पक्राउ

काठमाडौँ । कीर्तिपुर नगरपालिका-६ चोभारस्थित सुख्खा बन्दरगाहा अगाडि पार्किङ गरी राखेको बा.५ च ९६५७ नम्बरको गाडी चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर ईन्द्रसरोबर गाउँपालिका-२ घर भई हाल काठमाडौँ कीर्तिपुर नगरपालिका-६ चोभार बस्ने २८ वर्षीय अशोक लामा र काठमाडौँ चोभार बस्ने मकवानपुर थाहा नगरपालिका-१२ घर भएका २३ वर्षीय किरण स्याङ्तान रहेका छन् ।
गत चैत ३० गते राति उक्त गाडी हराएको र कीर्तिपुर नगरपालिका-६ चारघरेस्थित सुवर्ण महर्जनको चक्रतीर्थ मल्टिपरपोज प्रालिको गोदाममा राखिएको सवारी साधनको पार्टपुर्जा चोरी भएको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्ने क्रममा काठमाडौँ चोभार डाँडास्थित खाली चौरमा शङ्कास्पद रूपमा पार्किङ गरी राखिएको अवस्थामा उक्त गाडीसहित उनीहरूलाई फेला पारी पक्राउ गरेको हो । थप सोधपुछको क्रममा उक्त गाडी र सुवर्ण महर्जनको गोदामबाट चोरी भएका सामानहरू समेत उनीहरूले चोरी गरेको खुल्न आएको हो ।
उनीहरू उपर चोरी सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते